बागलुङ- जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन्। सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले पक्राउ गरेको हो।
अख्तियारको टोलीले सेवाग्राहीसँग शर्माले घुस मागेको थाहा पाएपछि बिहीबार साँझ छापा मारेका थियो। घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए।
‘मालपोत कार्यालय प्रमुखले कार्यालयबाट प्रदान गर्ने सेवाका लागि रकम माग गरेको भन्ने उजुरी हाम्रो कार्यालयमा आएपछि हामीले छापा मारेका हौं,’ ढकालले भने, ‘हामीले नै सेवाग्राहीलाई घुस दिने रकम १० हजार दिएर पठाएका थियौं। त्यो रकम शर्माबाट बरामद भएको छ।’
जग्गा रजिष्ट्रेशन पास गर्ने भनी शर्माले सेवाग्राहीबाट नगद १० हजार रुपैँया मागेका थिए। त्यस पश्चात सेवाग्राहीले अख्तियारमा उजुरी दिएको बताएका छन्। मालपोत कार्यालय बागलुङका प्रमुख एवं शर्माकै कार्यकक्षमा घुस लिदैँगर्दा पक्राउ गरिएको बताइएको छ।
आयोगले नम्बर टिपेर पठाएको १० हजार रुपैँया शर्माबाट बरामद गरिएको हो। सूचना अधिकारी ढकालले कानुनी कारबाही र थप अनुसन्धानका लागि शर्मालाई पोखरा लगिएको जानकारी दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत