८ वैशाख २०८१ शनिबार
अर्थ

सेयर बजारबाट एक वर्षमा दुई सय ४६ अर्ब गुम्यो

काठमाडौं- बैंकको चर्को ब्याज, अत्यधिक सेयर आपूर्ति, अस्थिर राजनीति लगायत कारण सेयर बजारबाट लगानीकर्ताले पछिल्लो वर्ष दुई खर्ब ४६ अर्ब रुपैयाँ गुमाएका छन् ।
गत वर्षको असोज अन्त्यमा १९ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ पुगेको कुल बजार पुँजीकरण  बिहीबार ९हिजो० १७ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँमा आइपुगेको छ । बजार पुँजीकरण घटेकै कारण लगानीकर्ताले उक्त रकम गुमाएका हुन् ।
पोहोर असोज ३० गते १८०३।७४ बिन्दुमा पुगेको सेयर बजार मापक नेप्से बिहीबार ९हिजो० १५१०।०२ मा आइपुगेको छ ।
नेपालको पुँजी बजारमा राजनीतिक प्रभाव अत्यधिक पर्ने गरेको नेपाल धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीले बताए । ‘देशको राजनीतिले सेयर बजारलाई सबैभन्दा बढी असर पार्ने गरेको छ,’ उनले भने, ‘राजनीकि परिस्थितिले सेयर बजारमा उतारचढाव आउँछ ।’
देशको आर्थिक अवस्था, लगानीयोग्य पुँजी ९तरलता०, बैंकको ब्याजदर, नियमन निकायको नीति–निर्देशन, धितोपत्रको माग र आपूर्ति, लगानीकर्ताको मनोविज्ञान, कम्पनीको वित्तीय कार्यसम्पादन लगायत कारणले सूचीकृत कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने अधिकारीले बताए ।
राजनीति प्रभावले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको विज्ञहरुको भनाइ छ । करिब एक वर्षअघि नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा सेयर बजारबाट लगानीकर्ताले एकै दिन नौ अर्ब ८० करोड रुपैयाँ गुमाएका थिए ।  
अघिल्लो साता वाम एकताका कारण सेयर बजार प्रभावित भएको थियो । सरकारमा सामेल दल नेकपा माओवादी केन्द्र र विपक्षमा रहेको नेकपा एमालेले आगामी चुनावमा तालमेल गरेर जाने निर्णय गरेसँगै सेयर बजारमा पहिरो गएको थियो । तीन दिनयता वाम एकताको त्रास सकिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । तीव्र गिरावटको क्रम रोकिएपछि लगानीकर्ताको मनोबलमा सुधार आएको छ ।
सेयर बिक्रीको चाप बढेका कारणले पनि सेयर बजार घटेको स्टक ब्रोकर बताउँछन् । बजारमा सेयर अधिक आपूर्ति भएका बेला नेप्से घट्ने र आपूर्ति कम हुँदा बढ्ने गर्छ ।
धेरैजसो लगानीकर्तामा बजार बढ्दा अझै हौसिएर सेयर किन्ने अनि घट्दा आत्तिएर बिक्री गर्ने प्रवृत्ति हुन्छ ।
बैंकमा लगानी गर्न आवश्यक रकम ९तरलता० पर्याप्त हुन थालेकाले पनि ब्याज घट्ने निश्चित छ । त्यसैले सेयर बजारमा सुधारको संकेत देखिएको हो ।
ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुन्छ । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ ।
निरन्तर ओरालो लागेको सेयर बजार तीन दिनयता सुधार आएको छ । मंगलबार ०।७४ बिन्दुले सुधार आएको बजार बुधबार ३।३६ र बिहीबार ४।०३ बिन्दुले बढेको छ ।
नेप्से परिसूचकमा भएको वृद्धिसँगै कारोबार रकममा पनि सुधार आएको छ । बिहीबार ४० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर बजारमा धेरै कारोबार हुने वाणिज्य बैंक, व्यापार र अन्य समूह उकालो लागेपछि बजार बढेको हो । अन्य समूह सबैभन्दा बढी ३०।०७ बिन्दुले उक्लिएको छ भने बिमा समूहको परिसूचक सबैभन्दा बढी २१।८ बिन्दुले घटेको छ ।
बिहीबार बजार बन्दा हुँदा नेप्से १५१०।०२ बिन्दुमा पुगेको छ । कम्पनीहरुको प्रथम त्रैमासिक वित्तीय प्रतिवेदन आउने मिति नजिकिएका बेला राम्रा कम्पनीका सेयर किन्ने लगानीकर्ता बढ्दा बजारले उचाइ लिएको हो ।
बिहीबार एक सय ५४ कम्पनीका आठ लाख ९९ हजार तीन सय ३६ कित्ता सेयर किनबेच भएको छ । बिमा, फाइनान्स, विकास बैंक, जलविद्युत् र होटल समूह झरेका छन् । कारोबारमा सबैभन्दा धेरै चाप भने चिलिमे जलविद्युत्त कम्पनीमा देखिएको छ । चिलिमेको सात करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
नेपाल टेलिकमको तीन करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनसिसी बैंकको संस्थापक सेयर, नबिल, इन्भेस्टमेन्ट र सानिमा बैंकको उच्च कारोबार भएको छ ।
रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ५।५३ प्रतिशतले बढेर दुई सय १० रुपैयाँ पुगेको छ । नेपाल टेलिकम, जनरल फाइनान्स, नेपाल इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, नागबेली, छ्याङ्दी हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ङादी ग्रुप पावरको सेयरधनी क्रमशः कमाउने दस कम्पनीको सूचीमा समेटिएका छन् ।
सिर्जना फाइनान्स र रिडी हाइड्रोपावरको झन्डै पाँच प्रतिशतले घटेको छ । प्राइम बैंकको संस्थापक सेयर, आइसिएफसी, एनबी इन्स्योरेन्स, युनाइटेड फाइनान्स, श्री इन्भेस्टमेन्ट, कुबेर मर्चेन्ट, वोमी माइक्रोफाइनान्स र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले गुमाएका छन् ।

प्रकाशित: २७ आश्विन २०७४ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App