coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टेक्ससमा हट एयर बेलुन दुर्घटनागस्त, बेलुन सवार सबै यात्रुको मृत्यु

टेक्सस –अमेरिकी सहर टेक्ससमा शनिबार एउटा एयर बेलुन उडिरहेकै समयमा आगलागी हुँदा  दुर्घटनास्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संचार माध्यमका अनुसार उक्त हट एयर बेलुनमा सबार सबेै १६ जना यात्रुको मृत्यु भएको जनाएका छन् ।

अमेरिकी सुरक्षा अधिकारीका अनुसार उक्त बैलुनले स्थानीय समय अनुसार बिहान ७ः३० मा अस्टिन सहर भन्दा ३० माइलको दूरीमा रहेको लोकहार्टमा रहेको हाइभोल्टेजको लाइमा छोएको हुनसक्ने बताए ।उनीहरुले बेलुनले हाइभोल्टेजको तारमा छोएपछि आगलागी सुरु भएको र उक्त बेलुन नजिकैको एक खेतमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

नेशनल ट्रान्सर्पोटेशन सेफ्टी बोर्डले अमेरिकामा सन् १९६४ देखि २०१३ सम्ममा हट एयर बेलुन दुर्घटनाको ७ सय ६० घटना भएका छन्। जसमा ६७ जनाको मृत्यु भएको छ । तर एकै दुर्घटनाका धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

 

प्रकाशित: १६ श्रावण २०७३ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App