७ वैशाख २०८१ शुक्रबार
समाज

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

बर्दिया—गुडिरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि हिँडेको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको तारले छोएको थियो। घटनामा घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ट्रक र चालकलाई थप अनुसंन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।
 

प्रकाशित: २६ आश्विन २०७४ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App