१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

निजी कम्पनीको सुरक्षा हटाइयो

रियो दी जेनेरियो- ब्राजिल सरकारले ओलम्पिक सुरु हुन एक साताअघि आयोजनास्थलको सुरक्षा जाँचका लागि खटाइएको निजी सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड (स्त्रि्कनर) लाई हटाएर संघीय र राज्य प्रहरीलाई जिम्मा दिएको छ।

कानुनमन्त्री एलेक्सान्द्रे मोरेसले संघीय सरकारका राष्ट्रिय फोर्स र रियो लगायत अन्य राज्यबाट अवकासप्राप्त प्रहरी सहित ३ हजार जनाको टोलीले ओलम्पिक स्थलमा समर्थक र धातुजन्य पदार्थको जाँच गर्ने बताए।

सरकारले केही साताअघि मात्र आर्टेल सेक्युरिटी कम्पनीलाई उक्त कार्यका लागि जिम्मा दिएको थियो। उक्त कम्पनीले ३ हजार ४ सय सुरक्षागार्ड खटाउने बताएको थियो। तर सरकारले पछिल्लो समय ५ सय सुरक्षागार्ड मात्र खटाएको जनाएको छ।

‘कम्पनीको अयोग्यता र दायित्वबोध नभएका कारण कारबाही गरिएको छ,’ मोरेसले भने, ‘तर कुनै पनि खराबीका कारण खेल प्रभावित हुँदैन।’

मोरेसले मुख्य सुरक्षा चासो भ्रमणकारीको रहेको बताए। तर गत साता इस्लामिक स्टेट (आइएस) सँग जोडिएका केही व्यक्ति पक्राउ परेपछि आतंककारी आक्रमणको भय पनि रहेको छ।

खेलस्थलमा परिवर्तन गरिएको स्त्रि्कनरले रियोमा सुरक्षा दिइरहेका ८५ हजार सरकारी सुरक्षाकर्मी (आर्मी, प्रहरी र अन्य सरकारी सुरक्षाकर्मी) लाई कुनै असर पर्ने छैन। जसले रियो सहरमा पेट्रोलिङ गरिरहेका छन्। जुन २०१२ को लन्डन ओलम्पिकमा प्रयोग गरिएभन्दा दोब्बर संख्या हो।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार अन्य राष्ट्रमा भन्दा ब्राजिलमा मान्छे हत्या गर्ने संख्या बढिरहेको छ। आर्थिक संकटका कारण बढ्दो बेरोजगारी र सार्वजनिक सुरक्षा खर्चमा गरिएको कटौतीका कारण रियोमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको छ।

तर यस सहरले निरन्तर रूपमा ठूला कार्यक्रम (कार्निभल, विश्वकप फुटबल २०१४ र विश्वकै भव्य न्यु इयर इभ) सम्पन्न गरेको छ। तथापि सबैभन्दा आतंक रियोको फोहोर बस्ती हो। जहाँ २० प्रतिशत मानिस बस्छन्। त्यहाँ लागूपदार्थ सेवन गर्नेहरूको ग्याङ फाइट र पुलिससँगको झडपमा मानिसहरू मरिरहेका हुन्छन्।

लन्डन ओलम्पिक २०१२ को जस्तै समस्या ब्राजिलमा पनि देखिएको छ। लन्डन ओलम्पिक सुरु हुनु दुई साताअघि मात्र जिफोर एस सेक्युरिटी कम्पनीले सम्झौताअनुरुप १० हजार ४ सय सुरक्षागार्ड उपलब्ध गराउन नसक्ने जनाएपछि बेलायत सरकारले ३ हजार ५ सय फौजलाई रिक्त स्थान पूर्तिका लागि तैनाथ अवस्थामा राखेको थियो ।

प्रकाशित: १६ श्रावण २०७३ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App