६ वैशाख २०८१ बिहीबार
समाज

चार हजारले तिरे सम्पत्ति कर

बाग्लुङ - चार वर्षअघि लागू भएको एकीकृत सम्पत्ति करप्रति बागलुङ नगरवासीको आकर्षण बढेको छ ।  हालसम्म सात हजार ७ सय ४ जना करदाता एकीकृत सम्पत्ति करमा सूचीकृत छन् । वर्षेनी सूचीकृत हुने र कर तिर्नेको संख्या बढ्दै गएको बाग्लुङ नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा चार हजार ८४ जनाले कर तिरेका छन् । वर्षौंदेखि कर नतिरेका पनि करको दायरामा आएको नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

“झण्झटिलो पुरानो कर प्रणालीको सट्टामा एकीकृत सम्पत्ति कर लागू भएपछि करदाता आकर्षित छन्”, उनले भने  । करदाताले पहिलेको जस्तो बढी कर तिर्नुपर्ने बाध्यता अहिले हटेको छ ।  करदाताले घरजग्गा कर, धुरीकर र मालपोत करको सट्टामा एकसाथ एकीकृत सम्पत्ति कर बुझाउने गरेका छन् । सम्पत्ति करले नगरपालिकाको राजश्व संकलनमा पनि बृद्धि गरेको छ ।

तोकिएको समयभन्दा ढिलो कर तिर्न आए प्रचलित नियमअनुसार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । नगरपालिका कार्यालयमा सम्पत्ति विवरण संकलन गर्ने र कर तिर्ने दुवै व्यवस्था मिलाइएको छ । करदाता आफ्नो सम्पत्तिको स्वयं घोषणा गरी सम्पत्ति करको दायरामा प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित: २६ आश्विन २०७४ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App