coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुघाखोकीले १७ जनाको मृत्यु

काठमाडौँ - मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टाेबर महिनासम्म तीन हजार एक सय १ बिरामीमा जाँच गर्दा एक हजार दुर्इ सय ९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोगबाट समेत प्रभावित भ्एका थियो । काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको संख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको संख्या अाठ सय ६ थियो ।

'मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने हुँदा यसबाट सतर्क रहनु उत्तम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउनुपर्छ,'उनले भने । मौसम परिवर्तन हुने समयमा रूघाखाेकी लाग्ने गर्दछ ।

प्रकाशित: २६ आश्विन २०७४ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App