७ वैशाख २०८१ शुक्रबार
समाज

गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

काठमाडौं –  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिन्दू धर्म अनुसार पशुपति अार्यघाटमा अन्त्येष्ट्री गरिदैंछ । त्यसअघि अनामनगरस्थित नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यलयमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शरदकुमार गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।
गृहमन्त्री जनार्दन शर्मा, प्रकाशमान सिंह, भवानी राणा र कोमल ओली लगायतले गौचनलाई अन्तिम श्रद्धाञ्जली दिन महासंघको केन्द्रिय कार्यलय पुगेका थिए । सोमबार नयाँ बानेश्वर प्रयाग मार्गस्थित खरिबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेका थिए । तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल र्पुयाइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको थियाे । पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

प्रकाशित: २६ आश्विन २०७४ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App