८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किमले पूर्व प्रेमिकालाई दिए महत्वपूर्ण जिम्मेवारी

प्योङयाङ – परमाणु हतियारसम्बन्धी अमेरिकासँगै दिनहुँ विवाद बढ्दै जाँदा उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो मजदूर पार्टीमा नयाँ व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारीको घोषणा गरेका छन्। 

उनले आफ्नी बहिनी किम यो जोङ तथा पूर्व प्रेमिका होन सोङ वोल दुवैलाई केन्द्रिय समितिमा पदोन्नती गरेको घोषणा गरेका छन्। किमकी प्रेमिका अर्थात् होन सोङ वोल कुनै समय उत्तर कोरियाली सांगीतिक समूह  मोरानबोङको प्रमुख थिइन्। उनी आबद्ध उक्त ब्यान्डले उत्तर कोरियामा विभिन्न प्रकारका प्रोपागान्डा फैलाउने गरेको बताइएको छ।

उनीहरूको  पहिलो भेट एउटा सांगीतिक कार्यक्रममा भएको र त्यही सम्बन्ध अन्ततः प्रेममा परिवर्तन भएको थियो।  किम प्रेमिकासँग धेरै पटक डेटिङ जाने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरेका थिए। होन सन् २०१२ मा चीनमा आयोजना भएको एक सांगीतिक कार्यक्रममा समेत उनी उपस्थित भएकी थिइन्। उक्त सांगीतिक कार्यक्रममा चीनले स्टेजमा उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको तस्बिर देखाउनका लागि इन्कार गरेको थियो। 

चीनको उक्त गतिविधिमा असन्तुष्टि जनाएकी उनी त्यसपश्चात् आफ्नो सम्पूर्ण सांगीतिक टोलीसहित उत्तर कोरिया फर्किएकी थिइन्। किम र उनीबीचको सम्बन्धबारे सेक्स टेप बनाई सार्वजनिक गरेकोले सन् २०१३ मा किमले होनको हत्या गरेको झुटो  समाचार समेत फैलिएको थियो। 

सन् २०१४ मा उनी टेलिभिजनको पर्दामा देखिएपछि उनको मृत्युबारेका झुटा समाचारहरू स्वत हराएका थिए। किमले पार्टीमा निकटका मानिसहरू मात्रै महत्वपूर्ण जिम्मेवारी दिने गरेका छन्। 

 

प्रकाशित: २६ आश्विन २०७४ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App