८ वैशाख २०८१ शनिबार
खेल

च्यासल मैदानलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं- नेपाल भ्रमणमा आएका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमानले सहिद स्मारक लिग फुटबल र च्यासल फुटबल मैदानलाई तयारी गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फिफाको सहयोगमा च्यासलमा अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला निर्माणमा सहयोग गर्ने अध्यक्ष सलमानले बुधबार नेपाली फुटबल अधिकारीसमक्ष बताए । अध्यक्ष सलमानले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतका पदाधिकारीसँग छलफल गरेका थिए ।
एन्फा सिइओ इन्द्रमान तुलाधरका अनुसार एएफसी अध्यक्ष सलमान दशरथ रंगशाला मर्मत, च्यासल फुटबल मैदान, धरान र बुटवलको एकेडेमी मर्मत गर्न सकारात्मक देखिएको बताएका छन् ।
यसै गरी नेपालको लिग सञ्चालन गर्न फिफाले सहयोग गर्ने रकमलाई समयमा उपलब्ध गराउन पनि पहल गर्ने सलमानले बताएका छन् ।
अध्यक्ष सलमान दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका थिए । सलमानले खेलमिलेमतोको घटनामा नेपालले राम्रो काम गरेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा नेपालले राम्रो गरिरहेको बताए । भूकम्पले दुखद अवस्थाको सृजना गरेपछि पनि नेपालले फुटबलको विकासमा बिस्तारै राम्रो गर्दै गएको सलामानले बताएका थिए ।

प्रकाशित: २६ आश्विन २०७४ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App