७ वैशाख २०८१ शुक्रबार
खेल

फिफाद्वारा पाकिस्तान निलम्बित

ज्युरिच- फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले पाकिस्तानलाई निलम्बन गरेको छ ।  ‘पाकिस्तानी फुटबल संघको नेतृत्व अदालतले नियुक्त गरेको अधिकारीहरूको हातमा भएको र त्यसले फुटबल खेलमा प्रत्यक्ष सरकारी हस्तक्षेप देखिएकाले पाकिस्तानलाई निलम्बन गरिएको हो,’ फिफाले भनेको छ ।
फिफाले सदस्य राष्ट्रको फुटबल संघमा हुने सरकारी हस्तक्षेपमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।
फिफाले फुटबल संघलाई निलम्बन गरे पनि पाकिस्तानी फुटबल संघका अध्यक्ष मख्दुन सैयद फैसल सालेह हायतको एसियन फुटबल संघ (एएफसी)को जिम्मेवारीमा समेत रोक लाग्नेछ । एएफसीको कार्यकारी कमिटी सदस्य रहेका हायतले त्यहाँको कानुनी विभागको अध्यक्षता गर्दैै आएका छन् ।

 

प्रकाशित: २६ आश्विन २०७४ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App