८ वैशाख २०८१ शनिबार
खेल

उत्तर कोरियाली खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

सिड्नी- अस्ट्रेलियाले मंगलबार उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।
उत्तर कोरियाले विश्वभरबाट आएको विरोधका बावजुद आणविक कार्यक्रमलाई निरन्तरता दिएको र त्यसको विरोधस्वरूप प्योङयाङको टोलीलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
‘सरकारले यु–१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कोरियाली टोलीलाई यहाँ प्रवेश गर्न रोक लगाइएको छ,’ अस्ट्रेलियाली विदेशमन्त्री जुली विसपले भनिन्, ‘विश्वव्यापी विरोधका बावजुद प्योङयाङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाइलसमेत परीक्षण गर्दै आएको  छ । त्यसको विरोधस्वरूप हामी उनीहरूको युवा टोलीलाई रोक्न बाध्य भएका हौं ।’
उत्तर कोरियाली टोली यु–१९ टोली एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अर्को महिना अस्ट्रेलिया आउने कार्यक्रम थियो । समूह ‘जे’ मा अस्ट्रेलिया र उत्तर कोरियासँगै हङकङ र नर्दन मरिना आइसल्यान्ड पनि छन् ।
अस्ट्रेलियाली फुटबल संघका प्रवक्ताले सरकारले उत्तर कोरियाली टोलीको प्रवेशमा रोक लगाएकाले उक्त समूहका खेलहरू अन्यत्र सर्न सक्ने बताए ।

प्रकाशित: २६ आश्विन २०७४ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App