coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फिफाद्वारा पाकिस्तान निलम्बित

ज्युरिच– फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले पाकिस्तानलाई निलम्बन गरेको छ। ‘पाकिस्तानी फुटबल संघको नेतृत्व अदालतले नियुक्त गरेको अधिकारीहरूको हातमा गएको र त्यसले फुटबल खेलमा प्रत्यक्ष सरकारी हस्तक्षेप देखिएकाले पाकिस्तानलाई निलम्बन गरिएको हो,’ फिफाले भनेको छ ।

फिफाले सदस्य राष्ट्रको फुटबल संघमा हुने सरकारी हस्तक्षेपमाथि प्रतिबन्ध लगाउँदै आएको छ। फिफाले फुटबल संघलाई निलम्बन गरे पनि पाकिस्तानी फुटबल संघका अध्यक्ष मख्दुन सैयद फैसल सालेह हायतको एसियन फुटबल संघ (एएफसी)को जिम्मेवारीमा समेत रोक लाग्नेछ।

एएफसीको कार्यकारी कमिटी सदस्य रहेका हायतले त्यहाँको कानुनी विभागको अध्यक्षता गर्दैै आएका छन् ।

 

प्रकाशित: २५ आश्विन २०७४ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App