माओवादी र नेकपा संयुक्तबीच पार्टी एकता

बुधबार, २५ असोज २०७४, १७ : २७ नागरिक

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ।
आज यहाँ एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको धु्रबीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले भने– “नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसौं शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ।”
उनले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिनुभयो र यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गरे।
आफूले पटक/पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै उनले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा(एमाले)सहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताए।
संयुक्तका सबै नेता, कार्यकर्तालाई उनीहरुको भूमिका र योग्यता अनुरुप माओवादीमा जिम्मेवारी दिइने उनले स्पष्ट पारे।
कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिए।
कम्युनिष्ट पार्टीहरुबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै उनले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन्। सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्री छन्। रासस
 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad