coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अर्थतन्त्र मजवुत बनाउन कर्णालीलाई प्राथमिकता: राष्ट्रपति

जुम्ला- राष्ट्रपति विद्या देवी भण्डारीले देशको अर्थतन्त्र मजवुद वनाउनको लागि कर्णालीलाई प्रथामिकतामा राख्नु पर्ने वताएकी छिन। उनले  सुन्दर प्रकृति, भाषिक तथा सास्कृतिक सम्पदाको धनी कर्णालीको विकास अहिलेको अपरीहार्यता भएकोमा जोड दिईन। कर्णालीको सवै भन्दा पुरानो र अहिलेको सवै भन्दा नमुना विद्यालय चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न जुम्ला पुगेकी भण्डारीले जुम्लावासीलाइए संवोधन गर्दै, शिक्षा,स्वास्थ्य, सरसरसफाईका प्रथामिकता दिनको लागि सक्दो पहल गर्ने बताएकी हुन।

उनले भनिन, 'नेपाली समाज गरिबी, अशिक्षा र पछौटेपनले ग्रसित छ,सवैको ईमान्दारीता र सक्रियतावाट यीनको निराकरण गर्न सकिन्छ  । उनले कर्णालीका जनताले सामाजिक र आर्थिक विकासको लागि कठोर संघर्ष गरेको बताईन। कर्णालीको स्रोत र सम्पदाको राम्रो उपयोग गरि प्रभावकारी निति तथा कार्यक्रम तय गरि कार्यन्वयन गर्नु पर्नेमा जोड दिईन ।  विज्ञान तथा प्रविधिी विकास संगै उन्नत कृषि उपजवाट समग्र देशको विकास हुने भन्दै कर्णाली जस्ता पछाडी परेका क्षेत्रलाई प्रथामिकता दिनु पर्ने औल्याईन।  

कर्णालीको वातावरणमैत्री दिगो विकास गर्नुका साथै प्राकृतिक सम्पदाको धनी कर्णालीले देशको अर्थ तन्त्र वनाउन मदत पुर्याउने विश्वास व्यक्त गरिन ।   स्थानीय आवश्यकता अनुसारको पाठयक्रम निर्माण गरि कार्यन्वयनमा लैजानको लागि सुझाव दिईन ।  देशको समग्रका आर्थिक विकास प्रक्रिय अघि वढाउन पछाडी परेका क्षेत्रलाई प्रथामिकता दिनु पर्छ उनले भनिन, जसमा कर्णालीले उच्च प्रथामिकता पाउने छ । न्याय र समानताका आधारीत समाजको आर्थिक व्यवस्था  अहिलको आवश्यकता हो । 

उनले देशलाई खपत गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर व्याप्त वेरोजगारी अवस्थालाई कम गर्न विद्यालयले सहयोग पुर्‍याउने आशा व्यक्त गरिन । रिवन काटेर नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै उनले प्रयोगशालाको अवलोकन समेत गरिन।

प्रकाशित: २५ आश्विन २०७४ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App