७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाहीमा व्यवसायीको गोली हानी हत्या

रौतहट- सर्लाहीमा एक युवकको गोली हानी हत्या गरिएको छ। कविलासी नगरपालिका–३ पिपरिया निवासी सुनिल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका साहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको हो।

मृतक साह सुनचाँदी व्यापारी हुन्। उनले हरिपुर नगरपालिकाको पिराडी बजारमा ‘माँ दुर्गा भगवती’ सुनचाँदी पसल संचालन गर्दै आएका थिए । मंगलवार साँझ करिब सात बजेको समयमा पसल बन्द गरी बुबासंगै मोटरसाईकलमा आफ्नो घर आउँदै गरेको अवस्थामा पिरारी र पिपरियाको बीच एकान्त चौरमा उनी माथि गोली प्रहार भएको थियो । मोटरसाईकल रोकी सुनचाँदी राखेको झोला माग्दा सुनिलले दिन नमानेपछि हतियारधारी समूहले उनको गर्दनमा गोली प्रहार गरेको थियो। पिपरिया र पिराडीको दुरी करिब २ किलो मिटर मात्र रहेको छ।

गोली प्रहारपछि सुनचाँदी रहेको झोला पनि उनीहरुले लिएर भागेको उनका बुबाले बताए। उनको साथबाट २ केजी चाँदी, १० तोला सुन र १० हजार नगद लुटिएको छ।

प्रकाशित: २५ आश्विन २०७४ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App