coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

म्याद नाघेको पाँच वर्षपछि दुधकोशीकाे पुल ढलान

खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए।


डेढ सय मिटर लम्बाई भएको पुलको ढलानलाई महिना दिनसम्म क्युरिङ गर्दै सुकाएपछि संञ्चालनमा ल्याइने जनाइएको छ । फर्मा र डण्डी कस्ने काम सकिएको हप्ता दिनपछि ढलानका काम थालिएको थियो । सम्झौता भएको ८ वर्षपछि पुलको काम ढलानका काम गरिएको हो । क्युरिङको अवधीमा पुलको दायाँ र बायाँ एप्रोज रोड निर्माणका काम पूरा गरेर पक्की पुल संञ्चालनमा ल्याइने छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको जयराममा पुल ढलान गरिएपछि पुल निर्माण हुने र संबृद्धिको बाटो खुल्नेमा स्थानीय आशाबादी देखिन थालेका खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताए ।

२०६६ सालमा सम्झौता भएको पुल निर्माणको कामले ढिलागरी गति लिएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयराम र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको थाक्ले जोड्ने जयरामको पुल जिल्लाको प्रमुख नाका हो ।

बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो ।  चिनिया प्राविधिक र चिनिया उपकरण प्रयोग गर्नुपर्ने बाध्यताका कारण पुल निर्माणको काममा ढिलाइ भएको दुधकोसी पुलका प्रोजेक्ट मेनेजर उद्धव रानामगरले बताए ।
करिब १० करोडको लागतमा निर्माण गर्ने भनिएको मोटरेबल पुलको सिमेन्ट सम्बन्धी काम कालिका र स्टिल सम्बन्धी काम हुलासले जिम्मा लिएको छ । तोकिएको मितिमा दुधकोशीको पुलको काम सम्पन्न हुन नसकेपछि पुल निर्माणकालागि तीन पटक म्याद थप गरिसकिएको छ । 

तेश्रो पटक थपिएको पुल निर्माणको म्याद पनि गत माघ मसान्तमै सकिएको थियो । पुल निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरका विषयमा जिल्ला प्रशासन कार्यालय नेतृत्वको सर्वदलीय टोलीले बैसाख २५ गते स्थलगत अनुगमन गरेको थियो । सम्झौता भएको मितिमा पुल निर्माणको काम पूरा नहुँदा बिगत ४ वर्ष यता दुधकोशीमा बेलिब्रिज राख्न र झिक्नमै राज्यको २ करोड ४० लाख भन्दा बढी रकम खर्च भइसकेको छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App