८ वैशाख २०८१ शनिबार
समाज

कपिलवस्तुमा औषधी अभाव

कपिलवस्तु - कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।

अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा अब्दुल कलाम मनिहारले बताए । ज्वरो आएको, टाउको दुखेकोे औषधिसमेत सेवाग्राहीले नपाउँदा बिरामी मर्कामा परेको उनले गुनासो गरे ।  'करिब दुई घण्टा हिँडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको, तर त्यहाँ टाउको दुखेको बेला खाने सिटामोलसमेत पाइएन्,'स्थानीय हरिराम कुर्मीले भने ।

बिरामी उपचारका लागि आउने गर्दछन् तर डाक्टरले भए सामान्य औषधि दिन्छन् नत्र औषधी छैन भनेर पठाउने गर्दछन् । पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने बिरामीको संख्या पनि घट्दो रहेको छ । स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सीमा क्षेत्र भएकाले भारतमै उपचार गर्न स्थानीय नागरिक जाने गरेका छन् । त्यस्तै, गर्भवतीलाई औषधि नहुँदा समस्या परेको छ । आइरन चक्की अतिआवश्यक औषधि भएपनि यस भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन । सरकारले ७० प्रकारका औषधी स्वास्थ्य चौकीमा दिने गरेको भएपनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि औषधि नभएको पाइएको छ ।

 

प्रकाशित: २५ आश्विन २०७४ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App