७ वैशाख २०८१ शुक्रबार
समाज

सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या

सर्लाही- सर्लाहीमा मंगलबार राती एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । कविलासी नगरपालिका–२ पिपरिया निवासी नागेन्द्र साहका २२ वर्षीय छोरा सुनिल कुमार साहको मंगलबार राती ८ बजे अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै मृतकका पिता नागेन्द्रले छोरामाथि गोली प्रहार भएको दावी गरेका छन् भने प्रहरीले अझै एकिन हुन नसकिएको जनाएको छ । मृतक सुनिलको चिउँडोमुनी ठूलो चोट रहेको छ । हरिपुर नगरपालिका–९ पिडारी बजार स्थित माँ दुर्गा भगवती सुनचाँदी पसल बन्द गरेर बाबुछोरा घर फर्कदै गर्दा पिडारी बजार र पिपरिया गाउँबीच पोखरी छेउमा आक्रमण भएको हो ।

मृतक सुनिलले ना. ४५ प १५०३ नम्बरको मोटरसाईकल चलाएका थिए भने बुबा नागेन्द्र पछाडी बसेका थिए । ३ जनाको समुहमा बाटो ढुकेर बसेको समूहले मोटरसाईकल रोकी सुनिलको साथमा रहेको झोला मागेको र नदिएपछि सुुनिलमाथि गोली प्रहार गरी झोला लिएर आक्रमणकारी समूह भागेको मृतकका बुबा नागेन्द्रले जानकारी दिए ।
घटना लगतै गम्भीर घाईते बनेका सुनिलको जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।  'हत्यामा संलग्न दोषी भाग्न नपाउन भनेर भारतीय सिमा क्षेत्र सहित जिल्लाका हरेक नाकाहरुमा कडाई गरी गस्ती बढाईएको छ,'प्रहरी उपरीक्षक खाँले भने । 

प्रकाशित: २५ आश्विन २०७४ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App