coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनोरोगीको संख्या बढ्दै

काठमाडौं- नेपालमा डिपे्रशन र एन्जाइटीका रोगी बढेको मानसिक रोग विशेषज्ञहरूले जनाएका छन् । २५ औं विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनीहरूले सो  जानकारी दिएका हुन् । तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको पाँचदेखि सात प्रतिशत यी रोगका बिरामी छन् अर्थात् आठदेखि दश लाख मानिसमा मनोरोगको प्रकोप परेको छ । त्यसमा पनि महिलाहरू बढी प्रभावित छन् । तथ्यांकअनुसार प्रति तीन जना एन्जाइटी र डिपे्रशनका बिरामी मध्ये दुई जना महिला पर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वीस करोड मानिस यो रोगले ग्रसित छन् । विपन्न र बेरोगजार समूहमा यो रोग बढी देखिएको छ । नेपालमा मानसिक रोग प्रतिको नकरात्मक सोचको कारण यी रोग लागेका पचास प्रतिशतभन्दा बढी बिरामी उपचारको पहुँचबाहिरै रहेको मानसिक अस्पतालका डा. वासुदेव कार्कीले बताए । ‘यी रोग लागेपछि धामी झाँक्रीकोमा जाने या भित्र–भित्रै निरासा पालेरै बसेका हुन्छन्,’ डा. कार्कीले भने, ‘मानसिक रोगलाई समाजले घृणित रूपमा हेर्ने  कारणले नै अहिले पनि सामान्य अवस्थामा उपचारमा आउँदैनन् ।’ समस्या देखिएपछि मात्र उपचार आउने चलनले कडा मानसिक रोगका बिरामी मात्र उपचारमा आइपुग्ने गरेको उनले बताए । नेपालमा मानसिक रोगलाई घृणा गर्ने कारणले डिपे्रशन र एन्जाइटीका बिरामी पनि जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आइपुग्ने गरेको डा. ओझाले बताए । राज्यले समेत यो रोगको उपेक्षा गरेको कारण सेवा सुविधा पहुँचमा नभएर ढिला उपचारमा पुग्ने गरेको डा. ओझाले बताए ।

नेपालमा कुल जनसंख्याको पाँचदेखि सात प्रतिशत डिपे्रशन र एन्जाइटीका  बिरामीहरु छन् अर्थात् आठदेखि दश लाख मानिसमा यो रोग छ । त्यसमा पनि महिलाहरूमा यो रोगको प्रकोप बढ्दो छ ।


अन्य देशको तुलनामा दक्षिण एशिया तथा नेपालमा यी रोग बढी लाग्ने गरेको त्रिवि शिक्षण टिचिङ अस्पताल मानिसक रोग विभागका प्रमुख प्राध्यपक डा. सरोज ओझाले बताए । उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारको कारण लामो समय पतीपत्नी छुट्टिएर बस्नुपर्ने, महिलामा एकल रूपमा पारिवारिक बोझ थपिनु, सामाजिक तथा सांस्कृतिक दबाब, बेरोजगारी तथा महंगी जस्ता कारणले नेपालमा यी रोग बढी चिकित्सक बताउँछन् ।
डिपे्रशन (उदाशिनता) र एन्जाइटी (डर–चिन्ता)को रोग लागिसकेपछि बिरामीमा एउटै कुराको डर र चिन्ता मनमा आइरहने, आपूmले भनेको जस्तो जीवन नभएको जस्तो विचार मनमा आउने र सधैं उदास रहने जस्ता समस्या यी रोगमा देखा पर्छन् । समयमै उपचार नभएको खण्डमा बिरामीमा आत्महत्याको सोचाइ आएर आत्महत्याको प्रयासमा समेत पुग्ने भएकाले यी रोेगका लक्षण देखा परेमा समयमै उपचारमा जानुपर्ने डा. ओझा बताउँछन् । उनका अनुसार आत्महत्याको कारण मध्ये ७० प्रतिशत डिपे्रशन रोगको कारणले हुन्छ ।
आत्मसम्मान, सामाजिक आर्थिक तनाव जस्ता पक्षले यी रोग लाग्न सघाउने भएकोले विश्व स्वास्थ्य संगठनले ‘कार्यक्षेत्रमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्व मानसिक दिवस मनाइयो ।
नेपाल मानसिक संघले मंगलबार प्रभातफेरी कार्यक्रम गरी यो दिवस मनायो । विश्व स्वास्थ्य संगठनले कार्यक्षेत्र कामदारका लागि मानसिक र शारीरिक रूपमा स्वस्थ भएमा व्यक्तिको क्षमता विकास हुन्छ भन्ने मान्यताका साथ यो नारा अघि सारेको जनाइएको छ । ‘कार्यक्षेत्र ठीक व्यवस्थापन प्रक्रियामा चलेको हुनु प¥यो, कामदारलाई कुनै टर्चर हुनु भएन,’ डा. ओझाले भने । कार्यक्षेत्रमा उचित वातवरण नभएमा मानिसको दक्षतामा ह्रास आउने चिकित्सक बताउँछन् ।

प्रकाशित: २५ आश्विन २०७४ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App