७ वैशाख २०८१ शुक्रबार
राजनीति

टेलिभिजनको वार्षिकोत्सवमा झुल्किए लोकमान

काठमाडौं- घाँटीको संक्रमणको बिरामी भएर सुशासन समिति बैठकमा अनुपस्थित रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की शनिबार एक टेलिभिजनको वार्षिकोत्सवमा सहभागी भएका छन्।

संसद्को सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा पत्र पठाउँदै प्रमुख आयुक्त कार्कीले घाँटीको समस्याको कारण बोल्न समस्या भएको र चिकित्सकले एक साता एन्टिबायोटिक खान सल्लाह दिएको भन्दै उपस्थित हुन नसक्ने बताएका थिए।

शनिबार एभिन्युज टेलिजिभनको कार्यक्रममा पुगेका कार्की केही समय बसेर फर्केका थिए। उनले केही व्यक्तिसँग कुराकानीसमेत गरेको कार्यक्रममा सहभागीहरुले बताए।

समिति बैठकमा भने प्रमुख आयुक्त कार्कीका तर्फबाट आयोगका सचिव शान्तराज सुवेदी उपस्थित भएका थिए। काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको विषयमा समितिमा छलफलका लागि प्रमुख आयुक्त कार्कीलाई बोलाइएको थियो।

समितिले सांसद जनकराज जोशीको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ। जोशीले समितिको बैठकमा स्वास्थ्यको कारण उपस्थित नभएका कार्की टेलिभिजनको कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको बताए।

उनीमाथि पदको दुरुपयोग गरेर विभिन्न काम गरेको आरोप लागेको छ।

सांसदहरू गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले अख्तियार प्रमुख कार्कीको विषयमा विभिन्न प्रश्न उठेको भन्दै संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

प्रकाशित: १६ श्रावण २०७३ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App