coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि महत्वपूर्ण दस्ताबेज चाेरेको आरोप

सोल - उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ । ती सामाग्रीहरुमा दुई कोरियाको युद्धका समयमा भएका सैनिक र सरकारी रणनीतिसम्बन्धी संवेदनशील दस्ताबेजहररू छन्।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट दुर्इ सय ३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिएका थिए ।

प्रकाशित: २४ आश्विन २०७४ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App