coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

७ बुँदे सहमतिपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

धरान - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु अस्पताल प्रशासनसँग सात बुँदे सहमति गरेर काममा फर्किएका छन् । चिकित्सकलाई हातपात गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेपछि मंगलबार बिहान अस्पताल प्रशासन र जुनियर रेजिडेन्स वेल्फेयर सोसाइटी, मेडिकल एण्ड डेन्टल फ्याकल्टी सोसाइटीबीच भएको छलफलमा सहमति भई अस्पतालमा ओपिडी सेवा सुचारु भएको हो ।

आइतबार राती हृदयघात भएको बिरामीको सिसियुमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरूले दुव्र्यवहार गरेको भन्दै चिकित्सकले पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै सोमबारदेखि ओपिडी सेवा बाहिष्कार गरेका थिए । चिकित्सकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै सिनियर फ्याकल्टीहरुले पनि मंगलबारदेखि ओपिडी बहिष्कार गर्ने चेतावनी दिएको थियो ।


अस्पताल प्रशासन र चिकित्सकहरुबीचमा भएको छलफलमा दोषी व्यक्तिहरुलाई सार्वजनिक मुद्दामा कारबाही गर्न प्रहरी प्रशासनलाई दबाब दिने, पक्राउ परेकालाई सार्वजनिक गरिनुपर्ने, अस्पतालले विस्तृत छानबिन गर्न सम्बन्धित पक्ष सम्मिलित छानबिन समिति तत्काल गठन गर्नेलगायत ७ बुँदे सहमति भएको छ । यस्तै, घटना हुन नदिन प्रतिष्ठानको सुरक्षाकर्मीहरुबाट उचित भुमिका निर्वाह हुन नसकेकोले  ठहर गरी सो छलफलले केटिए सेक्युरिटी प्रालिलाई स्पष्टीकण सोध्ने सहमति पनि गरेको छ ।

‘सिसियु जस्तो संवेदनशिल क्षेत्रमा घटना भएको छ, छानबिन गर्ने र प्रहरीमा जारी दर्ता गराउने सहमति भयो । सिसियु जस्तो ठाउँमा सुरक्षा कमजोरी देखियो, त्यसमा कडाई हुनुपर्ने र स्पष्टीकरण सोध्ने सहमति छ,’प्रतिष्ठानका सहायक प्रवक्त डा.अशोक ऐरले भने,‘चिकित्सकहरु काममा फर्किसके ।’ सहमतिको अन्तिम बुँदामा चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुको उचित सुरक्षाको लागि सम्बन्धित सबै पक्षहरु प्रतिनिधित्व गराएर एक साताभित्र सुरक्षा खाका तयार गर्ने पनि उल्लेख छ ।

प्रकाशित: २४ आश्विन २०७४ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App