१२ पार्टीको एकीकरण घोषणा

मङ्गलबार, २४ असोज २०७४, १५ : ४५ नागरिक

काठमाडौं - पूर्व गृहराज्यमन्त्री माेहमद रिजवान अन्सारी नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दलहरु समाहित भएको छ । मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना १२ वटा राजनीतिक दलबीच एकता भएको घोषणा गरेको छ ।

एकीकरण घोषणा कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले आफूहरु तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताए । उनले नेपाललाई ठूला दलहरुले राजनीतिक प्रयोगशाला मात्र बनाउने गरेको आरोप लगाए । उनले अहिले मुलुकमा देखिएको दुई वटा धार शेरबहादुर देउवाको लोकतान्त्रिक गठबन्धन र केपी शर्मा ओलीको वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गरे । ‘यी दुई धारले मुलुकलाई निकास दिन सक्दैन’, उनले भने, ‘हामी वैकल्पिक शक्तिरुपमा आफ्नो अभियान अगाडि बढाएका छौं ।’

एकीकृत पार्टीको नाम ‘नेपाल संघीय समाजवादी पार्टी’, चुनाव बस छाप, पार्टीको झण्डा आयताकार सेतोमा रातो कलरको तीनवटा तारा रहनेछ । पार्टीको केन्द्रीय समिति बढी एक सय सम्म रहने जनाइएको छ । निर्वाचन अगावै अन्य दलहरुसँग पनि एकीकरण हुने जनाइएको छ । नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्चबीच एकीकरण भएको छ ।






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad