८ वैशाख २०८१ शनिबार
राजनीति

सोलुखुम्बुमा तीन दलद्वारा उम्मेदवार सिफारिस

सोलुखुम्बु - सोलुखुम्बुमा प्रमुख तिन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सोलुखुम्बुले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।
नेपाली काँग्रेशले उम्मेद्धारको नाम सिफारीस गरेको छ भने एमालेले पनि सिफारीस गर्ने निर्णय गरेको हो । एमाले सोलुखुम्बुले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाका लागि एमालेले पार्टी जिल्ला अध्यक्ष समेत रहेका मानवीर राईको नाम सर्वसम्मतिमै सिफारिस गर्ने निर्णय गरेको एमाले जिल्ला कमीटी प्रचार विभाग सचिव जगन्नाथ बास्तालाले बताए । त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सोनाम ग्याल्जेन शेर्पा र सरस्वती कुलुङलाई सिफारिस गरेको छ ।
प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ बाट बुद्धिकुमार राजभण्डारी र समानुपातिकतर्फ आङङिमा लामाको नाम सर्वसम्मत् सिफारिस गरिएको छ । यस्तै, क्षेत्र नम्बर–१ मा सर्वसम्मत् उम्मेदवार छनोट गर्न नसक्दा आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर–१ बाट नेता उत्तम बस्नेत, जुद्धबहादुर कार्की, डिबी किराती, भीमराज राई र लोचनकुमार शर्मालाई सिफारिस गरेको हो । समानुपातिक तर्फ कल्पना गिरी बस्नेत, डिल्लीबहादुर राई र धनकुमार विश्वकर्मालाई सिफारिस गरिएको छ ।
नेकपा माओवादी केन्द्र सोलुखुम्बुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । प्रतिनिधिसभाका लागि पोलिटब्युरो सदस्य शिबबहादुर बस्नेतलाई सिफारिस गरेको छ । यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर–१ बाट पोलिटब्युरो सदस्य हेमकुमार राई र क्षेत्र नम्बर–२ बाट पूर्वसांसद आङदावा शेर्पालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, आन्तरिक विवादमा रहेको सोलुखुम्बुको काँग्रेसका दुई वटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षिय गुटले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति आङगेलु शेर्पा र समानुपातिक तर्फ केन्द्रिय सदस्यमा बलबहादुर केसीको नाम पठाएको छ ।
प्रतिनिधिसभाको समानुपातिक केसीका अतिरिक्त केशरबाबु थुलुङ, रामबादुर बस्नेत, पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, छत्रध्वज बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला नाछिरिङ, धर्मबहादुर नेपाली र टंकिमाया बस्नेतको नाम सिफारिस गरेको छ । प्रदेश सभाको १ नम्बर क्षेत्रका लागि प्रत्यक्ष तर्फ कृष्णप्रसाद निरौला, प्रकाशसिंह कार्की र सुर्य कुलुङको नाम केन्द्रमा पठाईएको छ भने समानुपातिक तर्फ गणेश बस्नेत, दुर्गाप्रसाद दर्जी, कृष्ण कट्टेल, शंकर कार्की र गिता गुरुङको नाम सर्वसम्मत छनौट गरिएको छ ।
प्रदेश सभाकै क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ मनोज खड्का, कर्मा शेर्पा र मंगलसिंह तामाङको नाम चयन गरिएको छ भने समानुपातिक तर्फ डोल्मा तामाङ, राजन बस्नेत, कर्ण विश्वकर्मा र साङ्गा राईको नाम पठाईएको कार्यबाहक सभापति निरौलाले बताए । यता काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी पक्षको नेपाली काँग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले पनि प्रदेश तथा प्रतिनिधिसभाको लागि  उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ बलबहादुर केसीको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ प्रभुराम बस्नेतको नाम छनौट गरेको छ ।
प्रदेश सभाको लागि १ नम्बर क्षेत्र प्रत्यक्षका लागि विनोदकुमार बस्नेत, धनजन राई र  समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राई लगायतको नाम तय गरेको जिल्ला सचिव धनजन राईले जानकारी दिए । त्यस्तै प्रदेशको क्षेत्र नम्बर २ का लागि प्रत्यक्ष तर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पा लगायतको नाम पठाएको राईले बताए । क्षेत्र नम्बर २ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर, भोजराज कार्की लगायतको नाम पठाएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनमा बागि उम्मेदवार दिएका, प्रस्तावक र समर्थकलाई थप कारबाहीका लागि केन्द्रिय अनुसाशन समितिलाई सिफारिस गर्ने समेत निर्णय गरेको छ । उता पूर्व सभाषद पुरुषोत्तम बस्नेत र गोकर्ण राईको समुहले पनि छुट्टै सिफारिस गरेको छ ।

प्रकाशित: २४ आश्विन २०७४ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App