coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रंगशाला बनाउन सहयोग

काठमाडौं - विदेशमा बसेर काम गर्ने गैरआवासिय नेपालीहरुले चितवनमा बन्न लागेको राष्ट्रिय स्तरको रंगशाला निर्माणमा हात हालेका छन् । उनीहरुले चितवनस्थित रंगशाला निर्माणका लागि प्रत्यक्ष आर्थिक सहयोग हातहातै दिन जुटेका हुन् ।
पश्चिम चितवनको चित्रवन स्थित रंगशाला निर्माण गर्न प्रवासी नेपालीहरुबाट संकलित ४ लाख ७२ हजार एकमुष्ट हस्तान्तरण गरिएको थियो ।चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासी नेपालीहरुबाट संकलित रकम आर्थिक सहयोग संकलन समितिका अन्तराष्ट्रिय संयोजक सोम सापकोटाको नेतृत्वको एक टोलीले शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई हस्तान्तरण गरेको थियो ।
सापकोटाले नेपालको स्वदेशमा विदेश झै विकास र समृद्धी भित्र्याउन उताको अर्थ र सीप दुबै लगानी गर्ने अभियान नै चलाएको उल्लेख गरे । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका लागि विदेशमा बस्ने नेपालीहरुले देखाएको योगदान सराहनीय रहेको बताइन् । सरकारको मात्र एक्लो प्रयासले भन्दा पनि सबै मिलेर चितवनमा बन्न थालेको रंगशालालाई उत्कृष्ट बनाउनुपर्नेमा उनले जोड दिइन् । आवसिय नेपालीहरुले विदेशबाट थोरै थोरै संकलन गरिएको एकमुष्ट रकममात्र दिएनन् । स्वदेशमा केही गर्नुपर्छ भन्ने भाव दर्शाउँदै व्यक्ति तवरमै झण्डै दशलाख बढी रकम दिने घोषणा नै गरे ।
रंगशाला निर्माणका लागि गैंर आवासिय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले रु २ लाख , आर के शर्माले १ लाख ५१ हजार, भवन भट्टले रु १ लाख, प्रविण गुरुङले एक लाख , गोविन्द श्रेष्ठले रु १ लाख
दिपक वली रु ५१ हजार, रमेश भट्टले रु ५१ हजार, हेमन्त सेढाईले रु ५१ हजार र प्रकाश अर्यालले रु पाँच हजार सहयोग गर्ने भएका छन् । यसअघि चितवन समाज जापानले पनि दुइलाख रुपैयाँ सहयोग गरिसकेको छ । गैरआवासिय नेपालीमात्र हैन स्थानिय समाजसेवीहरु पनि रंगशाला निर्माणमा सहयोग गर्न जुटेका छन् ।स्थानिय समाजसेवी हरि भण्डारीले रंगशालाको आकर्ष गेट बनाउन दशलाखको सहयोग गरेका छन् ।  चितवनका उद्योगी व्यवसायीले पनि रंगशाला निर्माणका लागि पहल गरिरहेको बताएका छन् ।
स्थानिय चुनाव भर्खरै सकेका बेला के काम गर्ने भन्ने अन्यौललाई समेत रंगशाला निर्माणले चिरेको छ । वडानम्बर २० का वडा अध्यक्ष मणीलाल तामाङले रंगशाला निर्माण अभियानले काम गर्ने जोश बढेको उल्लेख गरे । रंगशाला देशकै सान बनाउन आफुहरु जुटेको वडानम्बर २४ का अध्यक्ष ज्ञान प्रसाद खनालले बताए ।चितवन रंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले लामो विवाद र खोजीपछि बन्न थालेको रंगशाला निर्माण यसैवर्षदेखि थालिएको जनाए । गतवर्ष सम्झौता गर्न ढिलाइ हुँदा तत्काल आएको ५० लाख बजेटको पुरै काम गर्न नसकिएकोमा उनले चिन्ता व्यक्त गरे । प्यारापिट पिल्लर र चारविगाहामा तारजाली लाउने काम हतारमै गर्यौं उनले भने त्यति गर्दा पनि ३० लाख फ्रिज भयो । अबहुने प्रदेशको चुनावपछि भने रंगशाला निर्माण गर्न एकोहोरा लागिपर्ने उनले सुनाए । सरकारले रंगशाला निर्माणका लागि  ५५ करोड बजेट छुट्याएको छ ।
रंगशाला निर्माणका लागि इन्जिनियर,प्राविधिकहरु सरकारले व्यवस्था नगरिदिदा हैरानी वेहोर्नुपरेको उनले दुखेसो पोखे । ‘आर्किटेक्चर इन्जिनियरले बनाउनुपर्ने रहेछ,’ उनले भने, ‘सरकार र नेतालाई पनि सँधै चाकरी गरिरहनुपर्ने हामीले गर्न सकिरहेका छैनौ ।’ उनका अनुसार रंगशालामा स्टेडियम बनाउने मोटामोटी योजना भैसकेपनि कार्यान्वयण्नका लागि गृहकार्य हुनबाँकी रहेको छ । रंगशालाका लागि आवश्यक परे थप जग्गा समेत दिन स्थानियहरु तयार रहेकाले पनि स्थानिय जनप्रतिनीधिहरु रंगशाला निर्माण गर्न हौसिएका छन् । सुरुवातमा झण्डै २५ सयजना क्षमताको स्टेडियम निर्माण हुने जानकारी संयोजक गुरुङले बताए । 

प्रकाशित: २४ आश्विन २०७४ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App