coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन आचार संहिता पालना गर्ने सहमति

लमजुङ – मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन जिल्लाका सरोकारवालाहरुले निर्वाचन आचार संहिताको पालना गर्ने भएका छन् । निर्वाचनको मिति निजिकिदै जाँदा सदरमुकाम बेसीसहरमा आयोजित राजनीतिक दल, सुरक्षा समिति र विषयगत सरकारी कार्यालय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको बैठकले आचार संहिता पालना गर्ने गराउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमालेका सचिव कृष्णप्रसाद अधिकारी, नयाँ शक्ति पार्टीका संयोजक राजु थापा, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ईन्द्रबहादुर मल्ल, संघिय समाजवादी पार्टीका प्रतिनिधि नरेन्द्र गुरुङ, श्रीजंग गणका प्रमुख सेनानी माधव थापा, प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारीहरु काजीमान सुनार र तीर्थबहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो ।
जिल्लामा यसअघि कुल १ लाख ५ हजार ९ सय ९२ मतदाता रहेकोमा आगामी निर्वाचनका लागि १ लाख १५ हजार ४ सय ५६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघिका निर्वाचनमा १ सय २३ मतदान स्थानमा १ सय ५५ मतदान केन्द्रको व्यवस्था रहेकोमा यस पटकका लागि १ सय २३ मतदान स्थानमा १ सय ६५ मतदान केन्द्रको व्यवस्था गरिएको पनि बताईएको छ ।   

प्रकाशित: २४ आश्विन २०७४ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App