एन्फाको विशेष साधारणसभा

‘बी’ र ‘सी’ का प्रतिनिधि बढाउँदैे विधान संशोधन

मङ्गलबार, २४ असोज २०७४, १० : ४० नागरिक

काठमाडौं- निर्वाचनमा ‘बी’ र ‘सी’ डिभिजन क्लब प्रतिनिधि संख्या बढाउनुका साथै अन्य महŒवपूर्ण निर्णय गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सकिएको छ ।
साधारणसभाले निर्वाचन प्रतिनिधिको संख्या, कार्यकारी समिति सदस्य, नैतिक समितिका बारेमा नयाँ प्रावधान राख्दै थ्री स्टार क्लबलाई क्षतिपूर्तिस्वरूप १ करोड ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय ग¥यो ।  साधारणसभाले काठमाडौं उपत्यकाका ‘ए’ डिभिजन क्लबलाई मतदान गर्ने अधिकार यथावत् गरे पनि जिल्लाबाट ‘ए’ डिभिजन फुटबल खेलिरहेका क्लबलाई भने निर्वाचनमा सहभागी हुनबाट वञ्चित गर्ने निर्णय गरेको छ । मोफसलबाट झापा, मोरङ, रूपन्देही र कैलालीका टिमले ‘ए’ डिभिजन फुटबल खेलिरहेका छन् ।
एएफसी र फिफा प्रतिनिधिको सुपरिवेक्षणमा बसेको सभामा ४५ जिल्ला, १४ ए डिभिजन क्लबका प्रतिनिधिले निर्वाचनमा मतदान गर्न पाउने निर्णयलाई यथावत् गरेको छ । सभाले ‘बी’ र ‘सी’ डिभिजन क्लबबाट आउने प्रतिनिधि संख्या भने बढाएको छ । आगामी पुसमा हुने निर्वाचनमा ‘बी’ डिभिजन क्लबबाट ९ र ‘सी’ डिभिजन क्लबबाट ५ जना प्रतिनिधिले सहभागिता जनाउनेछन् । यसअघि ‘बी’ डिभिजनबाट ५ र ‘सी’ डिभिजनबाट ३ जनाले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था थियो । एन्फा सदस्य पंकज नेम्वाङले साधारण सभाले मोफसलबाट ए डिभिजन खेलिरहेका क्लबविरुद्ध अन्यायपूर्ण निर्णय गरेको बताए । उनले भने, ‘काठमाडौंबाट खेलिरहेका क्लबले मात्र ‘ए’ डिभिजनको अधिकार पाउने तर जिल्लाका क्लबले किन त्यो नपाउने ?  फुटबलको विकासमा यस्तो निर्णयले दीर्घकालीन रूपमा असर गर्न सक्छ । यो निर्णय सही भएको छैन ।’
यसै गरी कार्यसमिति गठनको बारेमा लचकता अपनाउँदै साधारणसभाले एन्फाको कार्यकारी समितिमा उमेदवारी दिने व्यक्ति फुटबलको गतिविधिमा ५ वर्षदेखि आबद्ध भएर २ वर्षयता सक्रिय भएको हुनुपर्ने निर्णय गरेको छ । त्यसमा २५ वर्ष पुगेको व्यक्तिले उमेदवारी दिन सक्नेछ । नयाँ निर्णयअनुसार एन्फा पदाधिकारी पदमा चुनाव लड्ने प्रक्रिया थप सहज बनेको छ । यसअघि एन्फाको पदाधिकारीमा उमेदवारी दिन कार्यसमितिको पदाधिकारी वा मताधिकारसहित साधारणसभाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो ।
संशोधन गरिएको नयाँ विधानमा अध्यक्षलगायतका पदमा चुनाव लड्न चुनावी साधारणसभाभन्दा अघिको पाँच वर्षमध्ये दुई वर्ष कुनै न कुनै रूपमा फुटबलमा सक्रिय भएको हुनुपर्ने र निजको प्रस्तावक र समर्थक भने साधारणसभाको प्रतिनिधि हुनुपर्ने प्रावधान राखिएको छ ।
यसअघि एन्फाको क्षेत्राधिकारभित्र बसोबास गरेको २५ देखि ७० वर्षसम्मको व्यक्तिले कार्यकारी समितिमा उमेदवारी दिन सक्ने व्यवस्था थियो । एन्फा प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले फुटबलमा नयाँ अभ्यास गर्ने उद्देश्यले उमेदवारी दिने प्रक्रियालाई सहज बनाएको बताए । उनले भने,‘हामीले नयाँ अभ्यास गर्न खोजेको छौं । यसअघि साधारणसभाको सदस्यले मात्र कार्यसमितिमा उमेदवारी दिन पाउने व्यवस्था थियो । तर अहिले त्यसमा लचकता अपनाउँदै फुटबलमा २ वर्ष सक्रिय भएको व्यक्तिले पनि उमेदवारी दिन सक्नेछ ।’
सदस्य नेम्वाङले साधारण सभामा प्रनितिधि नभएको व्यक्तिले उमेदवारी दिनु पनि न्यायसंगत नभएको आरोप लगाए । उक्त निर्णय संघसंस्था ऐनविपरीत भएको उयनको भनाइ थियो ।
यसै गरी विशेष साधारणसभाले पहिलो पटक महŒवपूर्ण अधिकार दिँदै नेपाली फुटबल संघमा नैतिक समिति गठन गर्ने निर्णय गरेको छ । फिफाको विधानलाई अनुसरण गरिएको नैतिक समितिले एन्फाले बनाएको नियमावलीअनुसार काम गर्नेछ । त्यस समितिमा कम्तीमा तीन जना सदस्यको उपस्थितिमा समितिले निर्णय गर्नेछ । कुनै विवादको बारेमा नियमावलीमा उल्लेख भएको अवस्थामा समितिको सभापतिले एक्लैले निर्णय गर्न सक्नेछ । समितिले एन्फा सदस्य, पदाधिकारी, खेलाडी, क्लब, खेल तथा खेलाडीको प्रतिनिधिको बारेमा छानबिन र निर्णय गर्न सक्नेछ ।
सोमबार साधारणसभाले विधानको २० वटा धाराका ३८ वटा बुँदा संशोधन गरेको हो । एन्फाले उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन समिति तयार पारेको थियो । समितिले तयार पारेको मस्यौदालाई क्लब, जिल्ला, फिफा र एएफसी प्रतिनिधिको सुपरिवेक्षणमा संशोधनका लागि साधारणसभामा पेस गरिएको थियो । यसै गरी साधारणसभाले अहिलेको संरचनालाई पालना गर्दै भविष्यमा एन्फाको कार्यसमिति प्रादेशिक संरचनामा लैजाने प्रक्रिया सुरु गर्ने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा हामी प्रादेशिक संरचनामा जान सक्दैनौं । केही समय लाग्छ । नयाँ विधान बनाएर जानुपर्छ ।’
यसै गरी एन्फाले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरूप १ करोड ५० लाख दिने निर्णयलाई साधारणसभाबाट अनुमोदन गराएको छ । एन्फाको लापरबाही कारण एएफसी कप फुटबलमा छनोट भएर पनि थ्री स्टार प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो ।  जसको क्षतिपूर्तिस्वरूप थ्री स्टारले ६ करोड रुपैयाँ माग गर्दै फुटबलका गतिविधिमा सहभागिता जनाएको थिएन । एन्फाले उक्त रकम तीन किस्तामा उपलब्ध गराउने बताएको छ ।
थ्री स्टारलाई रकम उपलब्ध गराउने बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा र क्लबबीच १ करोड ५० लाखमा सहमति भएको थियो । त्यो सहमतिलाई अनुमोदनका लागि मात्रै साधरणसभामा प्रस्तुत गरिएको अध्यक्ष श्रेष्ठले बताए । तर साधारणसभामा थ्री स्टारलाई उपलब्ध गराउने रकमको बारेमा छलफल नगराएर अध्यक्षले अनुमोदन गराएको एन्फा सदस्य नेम्वाङले आरोप लगाए । उनले भने, ‘थ्री स्टारलाई क्षतिपूर्तिस्वरूप रकम दिने बारेमा हामी विरोध गर्दैनौं । तर त्यसको बारेमा साधारणसभा प्रतिनिधिले प्रश्न उठाउँदा समेत छलफल भएन । अध्यक्षको दबाबमा प्रस्ताव पारित भएको छ ।’





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad