coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिससको गैरकानुनी कर असुली बन्द

लहान- लहान-भगवानपुर-ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासले गरेको निषेधाज्ञा र परमादेश विपरीत जिल्ला समन्वय समितिले ठेक्केदारमार्फत असुल्दै आएको पटके सवारी कर केन्द्र सोमबार बिहान प्रहरीले हटाएको छ ।  डेढ महिनादेखि अदालत र प्रसाशनको आदेश अटेर गर्दै सेटिङमा चल्दै आएको गैरकानुनी असुली धन्दा इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले बन्द गराएका हुन् ।
    उच्च अदालत जनकपुर, राजविराज इजलासको आदेश कार्यान्वयन गर्दै लहान–१९ छरापट्टी चोकमा कठघरा (काठको कोठा) बाट सञ्चालित गैरकानुनी पटके कर असुली केन्द्र हटाएर असुली कार्य बन्द गरिएको डिएसपी सुवेदीले बताए । नागरिक दैनिकले अदालतको आदेश विपरित गैरकानुनी पटके कर असुली सम्बन्धी सामाचार निरन्तार प्रकाशित गर्दै आएको थियो ।
०७४ बैशाख ३ गत्ते सिरहा ईटहर्वा–७ का विशेश्वर प्रसाद यादवको रिट निवेदनउपर फैसला गर्दै उच्च अदालत, राजविराज इजलासले विपक्षी जिल्ला विकास समिति (तत्कालीन), स्थानीय विकास अधिकारी र जिल्ला प्रसाशन कार्यालयको नाममा उक्त आदेश जारी गरेको हो ।
जिल्ला प्रसाशन कार्यालयले अदालतको आदेश कार्यान्वयका गराइदिनका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई समेत आदेशात्मक पत्र पठाए पनि जिल्ला समन्वय समीति र जिल्ला प्रहरी कार्यालय दुवैमध्ये कसैले पनि यो आदेश कार्यान्वयन गरेका थिएनन् ।
जिसस प्रमुख स्थानीय विकास अधिकारी सुरेश राउतले आफूले लगाएको ठेक्का जायज भएको भन्दै आदेश अटेर गर्दै आएको थियो । नियमनकारी र नियन्त्रणकारी निकायको सेटिङमा तीन महिनादेखि चल्दै आएको गैरकानुनी धन्दा भर्खरै लहान प्रहरी प्रमुखका जिम्मेवारी सम्हालेका डिएसपी सुवेदीले बन्द गराएका छन् ।
चालु आर्थिक वर्षका लागि अंकित कन्सट्रक्सन सिरहासँग जिल्ला समन्वय समितिले पटके कर असुली ठेक्का सम्झौता गरेको छ । २० लाख १ हजारमा भएको उतm ठेक्का सम्झौता अनुसार ठेक्केदारले यो सडकखण्डमा पटके कर असुल्दै आएको थियो ।
    लहान–ठाढी सडकमा चल्ने बालासुन्दरी वसधनी निवेदक यादवले उक्त नम्बरको बस सडक परमिट लिई यातायात व्यवस्था कार्यालयमा दर्ता गराएर संचालन भैरहेकोमा जिल्ला समन्वय समितिले पटकपटक पटके कर रकम लिएको रसिद सहित अदालतमा रिट निवेदन दर्ता गराउँदै परमादेश निषेधाज्ञा माग गरेका थिए ।

प्रकाशित: २४ आश्विन २०७४ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App