८ वैशाख २०८१ शनिबार
विचार

निर्वाचनमा नागरिक

प्रदेश र केन्द्रीय निर्वाचनको सम्मुख राजनीतिमा निकै रोमाञ्चक केही अप्रत्याशित घुम्ती आए । गएको साताभर वाम शक्ति एक ठाम भएका समचारमाथि बाक्लै बहसपैरवी र टिप्पणी भए । लगत्तै अहिले विभिन्न दलबाट केन्द्र तथा प्रदेशको प्रत्यक्ष निर्वाचन अनि समानुपातिकमा सिफारिस भएका नेताहरूको प्रचारप्रसार व्यापक बन्दैछ । लगभग ८०० हाराहारीमा हुने सभासद्का लागि सबै दलबाट सिफारिसमा परेकाको सूची हेर्दा बीसौँ हजार नाघ्ने अवस्था छ । चर्चा जता छ, नेताकै छ । सार्वभौम भनिएका जनताचाहिँ पूरै रमिते हुनुपर्दैछ ।
उत्सव नेताको जस्तो देखिए पनि उनीहरूलाई चुन्ने जनता सर्वाधिकार सम्पन्न अधिकारी भएकाले नागरिक सजग बन्नुपर्छ । राजनीतिमा नागरिक सहभागिता ३ विशिष्ठ र फरक प्रकृतिबाट अगाडि गुज्रन्छ । नागरिक पहिले जन्तु, त्यसपछि जन्ती अनिमात्र जनता बन्छन् । हामीसमेत पहिले जन्तु अनि केही कालदेखि जन्तीको हिसाबले राजनीतिमा छौँ । क्यानडियन शोधकर्ता जेनिफर ट्यांगका अनुसार पूर्वीय तटका देशमा राजनीतिक सहभागिता अझै अवैज्ञानिक देखिन्छ । बेँग ह्वाउट क्लको पुस्तक ‘इलेक्सन इज पपुलर कल्चर इन एसिया’को मतसमेत समान छ । लभगभ २० प्रतिशत मतदाताले मात्र सोच÷विचारसाथ मतदान गर्ने देखाउँछ । छलफल र अनुसन्धान हैन, सनकको अभ्यास बढी हुन्छ । अधिकांश निर्वाचनले नसोचेका परिणामचाहिँ बढी ल्याउँछन् । अब यो कमजोरीबाट माथि उठ्दै सवल जनता भएर राजनीतिक सहभागिता देखाउनुपर्छ । त्यसबखत नेताले निर्वाचनको उत्सवमा नागरिकलाई खास महत्व दिनेछन् ।
जन्तुको जस्तो बिगत
प्रजातान्त्रिक अभ्यासका सुरुवाती वर्षहरूमा हाम्रो राजनीतिक सहभागिता जन्तुका हिसावले भयो । निर्वाचनको केही दिनपूर्व नेताहरूले सहयोगीमार्पmत भोजभतेर र खानपिन गराएर नागरिकलाई प्रभावित गर्थे । गरिबी, अशिक्षा र राजनीतिक चेतना शून्य भएका नागरिकह जसले २ पैसा अथवा २,४ छाक खान दियो उसैको जयजयकार गर्थे । उसैले भनेबमोजिम मत दिन्थे । नोट र भोटको सामीप्यता सघन देखिन्थ्यो । निर्वाचनअघि र पछि दुवै समय प्रतिनिधिहरूको ध्येय झुक्याउनेमात्रै रहन्थ्यो । जन्तुलाई जस्तो खान दिएर नागरिकलाई आफ्नो बसमा केही समय लिन्थे र काम सकिएपछि छाडिदिन्थे । थुप्रै अविकसित देशका निर्वाचनमा अभैm यस्तै स्थिति देखिन्छ ।  
जन्ती जस्तो वर्तमान
राजनीतिक सहभागिताको दोस्रो चरणमा मानिस जन्तीको हिसाबमा उभिन्छन्, अहिले हामी यो चरणमा छौँ । जन्ती विवाह समारोहमा बेहुलाको सहयोगार्थ खटिन्छन् । जस्तोसुकै विषम परिस्थितिमा समेत बेहुलालाई सुरक्षित र बेहुलीसाथ घर पु¥याउनु उनीहरूको जिम्मा हुन्छ । विवाह अवधिमा भएका जायज÷नाजायज कुरामा उनीहरू जहिल्यै बेहुलाको पक्षमा बोल्छन् । जतिसुकै राम्रो तयारी गरे पनि यो वा त्यो नभएको भनेर बेहुली पक्षलाई कमजोर देखाउनु उनीहरूको ध्येय नै हुन्छ । त्यस्तै हामीसमेत विभिन्न पार्टीका जन्ती भएका छौँं । आफ्नो पार्टीको वकालत गर्दै अरुलाई कमजोर देखाएर उनीहरूकोे विपक्षमा कुरा गर्दैछौँ ।
जनता बन्नुपर्ने आवश्यकता
राजनीतिक सहभागिताको उच्च समयमा नागरिक जनता हुन्छन् । भाषिक हिसाबले पनि जन्तु र जन्तीमा आधा र जनतामा पूरा ‘न’ लेखिन्छ । जनता रहँदा नागरिक कुनै दल वा नेताको अन्धभक्त नभई उसको कार्यक्रम, नेतृत्व कौशलता अनि क्षमतमलाई मूल्याकंन गर्छन् । हाम्रो भन्दा राम्रो छनौट चाहन्छन् ।
जनताले प्रतिनिधिलाई उसको क्षमता, सोच, देशप्रतिको चिन्तन र अठोटका विषयमा मूल्यांकन गरेरमात्र सही वा योग्य मान्नुपर्छ । नेताले गलत गरे सामाजिक बहिस्कार र असहयोग गर्नुपर्छ । देशप्रति बेइमानी गर्नेलाई अहिंसात्मक तवरबाट बेइज्जती गर्न सक्नुपर्छ । स्वतस्फूर्त आन्दोलनबाट उपस्थितहरूको प्रतिस्थापन गर्ने साहस राख्नुपर्छ । नागरिक समाज तथा सञ्चार गृहले यसको नेतृत्व लिनुपर्छ । नेतृत्वको विकास तथा समृद्घिका ठोस योजना अनि त्यसलाई सार्थक गर्न सक्ने ल्याकतका आधारमा मतदान अधिकारको सचेत सदुपयोग गर्नुपर्छ ।     
त्यसैले, सकारात्मक परिणामका लागि जन्तु वा जन्ती नभई जनता भएर राजनीतिक अभ्यास गर्नुुपर्छ । नेतृत्वको सवलता अनि विकास कार्यक्रमका आधारमा मतदान गर्नुपर्छ । देशको विकास र विनास चाहनेलाई प्रस्ट चिन्नुपर्छ । नागरिकलाई जनता बन्न÷बनाउन सबैले पहल गर्नुपर्छ । देशले त्यतिखेर मात्र प्रगतिको यात्रा सुरुवात गर्नेछ ।

प्रकाशित: २४ आश्विन २०७४ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App