गैरआवासीय नेपाली सम्मेलन

मङ्गलबार, २४ असोज २०७४, ०९ : ५० विश्वम्भर घिमिरे

‘नेपालका लगि नेपाली’ भन्ने मूल नारासाथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ १४ वर्ष पूरा गरिसक्दा आठौँ अन्तर्राष्ट्रिय सम्मेलनको  संघारमा आइपुगेको छ । हरेक २÷२ वर्षमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्दैछ । यसैक्रममा यसपालि पनि मातृभूमिप्रति अझ बढी समर्पित हुन विश्वका ७७ मुलुकका करिब २८ सय गैरआवासीय नेपाली काठमाडौँमा जम्मा हुनेछन् । सम्मेलनले संसारभरि छरिएर रहेका नेपालीहरूलाई समाजसेवादेखि नेपालको आर्थिक उन्नतिका निम्ति अग्रसर हुन प्रोत्साहन गर्दै आइरहेको छ । यस वर्ष पनि असोज २८ देखि ३१ सम्म काठमाडौँको हायात होटलमा हुन गइरहेको आठौँ विश्व सम्मेलनले मातृभूमिप्रतिको आफ्नो दायित्वलाई अझ बढी उजागर गर्ने साथै देशमा भित्रिने रेमिटेन्सलगायत सानादेखि ठूला लगानीकर्ताहरूसम्मलाई संगठित गरी प्रवासीहरूको साझा संस्थाका रूपमा स्थापित गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छ ।

सरकार नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आह्वान त गर्छ, तर आउने ढोकामा रहेका विविध अप्ठयाराहरूलाई सम्बोधन गर्न भने ढिलाइ गर्छ । अनि विदेशीहरूलाई भने नेपालमा लगानी गर्न आह्वान गरिरहन्छ ।

विश्वभरि छरिएर रहेका करिब ६० लाख नेपाली आफूसँग भएको ज्ञान, सीप तथा लगानी आफ्नो कर्मभूमिमा लगाइरहेका छन् । देशमा पर्याप्त अवसरको कमी तथा विविध कारणले मुग्लान भासिन बाध्य नेपालीहरू त्यही अशान्ति मेट्न आफ्ना सहयोगी हात फिँजाइरहेका छन् । अधिकांश गैरआवासीय नेपालीकोे कुरा गर्ने हो भने आर्थिक रूपमा सम्पन्न नभए तापनि उनीहरू भावनात्मक रूपमा धनी छन् । उनीहरूको त्यही भावनालाई देशको आर्थिक र सामाजिक रूपान्तरणका निम्ति प्रयोग गर्न सकेको खण्डमा नेपाललाई समृद्ध बनाउनका निम्ति लामो समय कुर्नुपर्दैन । राजनीतिक संक्रमणबाट गुज्रिरहेको नेपाल तथा नेपाल सरकार उनीहरूको पीडाबाट अनभिज्ञ त छैन तर उनीहरूको ज्ञान, सीप तथा पुँजीलाई कसरी व्यवस्थितरूपमा नेपाल भित्र्याउने भन्ने योजनाका खाकाहरूमा मात्र रुमल्लिइरहेको छ । सरकार नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आह्वान त गर्छ, तर आउने ढोकामा रहेका विविध अप्ठयाराहरूलाई सम्बोधन गर्न भने ढिलाइ गर्छ । अनि विदेशीहरूलाई भने नेपालमा लगानी गर्न आह्वान गरिरहन्छ । आफूसँग भएको स्रोत, साधन तथा लगानीकर्ताहरूलाई बेवास्ता गर्दै विदेशीसमक्ष हात फिँजाइरहेको अवस्था छ ।
विश्वमा रहेका धेरै विकासोन्मुख राष्ट्रको विकासमा रेमिटेन्सले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । उन्नाइसौँ र बीसाँै शताब्दीमा धेरै युरोपेली राष्ट्रहरू रेमिटेन्समा नै निर्भर रहेका थिए । जसमा स्पेन, इटाली र आयरल्यान्ड प्रमुख राष्ट्र हुन् । यी राष्ट्रहरूले रेमिटेन्सलार्ई आफ्नो देशको विकासका लागि प्रयोग गरेका थिए । जसमा इटाली पहिलो राष्ट्र हो । जसले १९०१ मा रेमिटेन्स संरक्षण तथा प्रवद्र्धन गर्नका लागि कानुनको निर्णय गरेको थियो । यसरी नै सुरुवात भएको रेमिटेन्सको व्यवस्थापनले संसारका धेरै राष्ट्रहरू समृद्ध बनिसकेका छन् । सन् २०१२ को तथ्यांकलाई अध्ययन गर्ने हो भने विश्वभरि ५२९ बिलियन डलर रेमिटेन्स प्रवाह भएको पाइन्छ । जसमा भारत र चीनमा मात्र १३० बिलियन डलरभन्दा बढि भित्रिएको थियो । साथै पछिल्लो तथ्यांकअनुसार नेपाल पनि विश्वमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने पाँचौँ राष्ट्रमा पर्छ । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको पनि छ । हाल रेमिटेन्सले कुल अर्थतन्त्रमा करिब ३० प्रतिशतको हारहारीमा योगदान गरेको छ । यद्यपि सरकार तथा गैरनेपाली संघले पनि यसको उचित व्यवस्थापन गर्न भने सकेको छैन । विश्वमा रहेका रेमिटेन्स प्राप्त गर्ने विभिन्न राष्ट्रहरू जसमा भारत, श्रीलंका, फिलिपिन्स, मेक्सिको लगायतका मुलुकहरूमा सरकारले यसलाई विकास निर्माणको कार्यमा प्रयोग गरी समग्र राष्ट्र विकास तथा आयमा वृद्धि हुने कार्यमा लगाउँदै छन् । जसको परिणाम जनताले दोहोरो रूपमा फाइदा हासिल गर्छन् । तर नेपालमा ५५ प्रतिशतभन्दा बढी घरपरिवारले प्राप्त रेमिटेन्सको आधाभन्दा बढी रकम घरायसी काम तथा उपभोगमा नै खर्च गर्ने गरेका छन् भने पुँजी निर्माणमा २.४ प्रतिशत मात्र प्रयोग गरेका छन् । जसले गर्दा देशमा जति रकम भित्रिए पनि समग्र राष्ट्र विकास र जनताको आय वृद्धिदरमा खासै विकास हुन सकेको छैन ।
विविध खाले समस्या समाधान गर्नका निम्ति नेपाल सरकारले उचित किसिमको नीति निर्माण गरी देश विकासमा जोड दिनु आजको आवश्यकता हो । साथै, गैरआवासीय नेपाली संघले पनि सरकारलाई दबाब दिई देशमा भित्रिने लगानी तथा रेमिटेन्सको उचित व्यवस्थापनमा लाग्नु उचित देखिन्छ ।
वर्तमान अवस्थामा गैरआवासीय नेपाली संघ एक पुँजीपति वर्ग अर्थात् हुनेखानेको प्रतिनिधित्व गर्ने संघका रूपमा स्थापित हुन गइरहेको भन्ने जनमानसमा बुझाइ रहेको छ । नेपालमा लगानी गर्ने सन्दर्भमा होस् या नेतृत्वपंक्तिमा आउने कुरामा, जसमा साना लगानीकर्ताको पहँुच पुग्न सकिरहेको छैन । संसारमा छरिएका झन्डै ६० लाख नेपालीले धेरै थोरै आफ्नो गच्छेअनुसार देशमा लगानी गर्न चाहिरहेका छन् । उनीहरू होमसिक लगानीकर्ता हुन् किनकि उनीहरूलाई घरको मायाले पनि नेपालमा लगानी गर्न प्रोत्साहित गरेको हो । यसले देशको आर्थिक विकासमा टेवा तब पु¥याउँछ, जब उनीहरूको भावनालाई समेटेर सरकारले यसको उचित नीति निर्माण गर्छ । तर यसो हुन नसक्नु समग्र देशका निम्ति दुर्भाग्य बन्न पुगेको छ । जसको उचित रूपमा व्यवस्थापन गरी समृद्ध नेपाल बनाउन हाल हुन गइरहेको गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन सार्थक हुन सक्नुपर्छ ।
नेपालको आर्थिक तथा सामाजिक विकासका निम्ति गैरआवासीय नेपाली संघले थुप्रै काम गरिरहेको छ । देश दुःखमा पर्दा होस् या देशको आर्थिक विकासमा होस्, गैरआवासीय नेपालीले खेलेको भूमिका अतुलनीय छ । प्रवासमा बसेका नेपालीको ज्ञान, सीप र लगानी केही मात्रामा भए पनि नेपालमा भित्र्याउन सके देशले छोटो समयमा नै काँचुली फेर्ने विश्वमा भएका प्रयास अथवा देशमा भएका केही कामले स्पष्ट पारिसकेको छ । भूकम्प पीडितहरूका निम्ति निर्माण गरिएको लाप्राक नमुना बस्तीदेखि अतिथि देवो भवः गैरआवासीय संघका महत्वपूर्ण सामाजिक कार्य छन् । अतिथि देवो भवःअन्तर्गत नेपाल आएका पर्यटकहरूलाई राम्रो आतिथ्य प्रदान गरी उनीहरू माझमा नेपालको राम्रो प्रभाव पारी पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरिरहेको छ । हेर्दा सामान्य देखिने एयरपोर्टको सरसफाइ, जसले स्वदेश तथा विदेशमा अत्यन्तै राम्रो प्रभाव पारिसकेको छ । यस्ता ज्ञान तथा सीप हस्तान्तरणका विविध कार्यक्रम गरिरहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा समेट्नु सरकार तथा देशकै लागि फाइदाजनक हो ।
विभिन्न सेवासँग सम्बन्धित उद्योगहरू साथै वित्तीय संस्थादेखि जलविद्युत् एवं उत्पादनमूलक उद्योगहरूमा पनि गैरआवासीय नेपालीहरूकै ठूलो लगानी रहेको छ । पाँच वर्ष अगाडि गरिएको एक अध्ययनअनुसार ९ जिल्लामा मात्र ३५ अर्बभन्दा बढी लगानी भइसकेको थियो । जुन वर्तमान अवस्थामा हेर्ने हो भने १ खर्बभन्दा बढी लगानी भएको सहजै अनुमान लगाउन सकिन्छ । तर, लगानी बढाउन तथा निरन्तर नेपालको पक्षपोषण गर्न अब दोस्रो पुस्ताका सन्ततिका लागि नेपाल तथा नेपालीको समृद्धिबारे सोच्ने वातावरण बनाउनु गैरआवासीय नेपालीका लागी पनि चुनौती रहेको छ ।  
मुलुकबाहिरको मुलुक भनिने गैरआवासीय नेपाली संघलाई सरकारले आफ्नो विकास साझेदार बनाउन सके उनीहरूले विदेशमा नेपालको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन मात्र नभई समग्र देशको आर्थिक तथा सामाजिक विकासको सहयात्रीको भूमिका निभाउन तयार छन् । तर, यसका लागि सरकार गम्भीर भएर लाग्न ढिला गर्नु हुँदैन ।

(लेखक क्यानडामा पब्लिक पोलिसी विषयमा अध्ययनरत छन् ।)








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad