coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लागूऔषध ओसारपसार अभियोगमा रतन संघाई पक्राउ, पवन संघाई फरार

काठमाडौं- लागूऔषध ओसार पसार अभियोगमा रतन संघाई पक्राउ परेका छन्। संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई पक्रिन गएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनी फेला नपरेपछि रतन संघाईलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो। स्रोतका अनुसार प्रहरीले पक्राउ परेका संघाईलाई आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दैछ। पवन संघाई भने फरार छन्।

रतन संघाई एभरेष्ट इन्स्योरेन्सका पूर्वअध्यक्ष एवं एचपी ग्यासका सञ्चालक हुन्। कमसल ग्यास बेचेको भन्दै सरकारले गत महिना एचपी ग्यास चलाउन प्रतिबन्ध लगाएको थियो।

गत बुधबार पवन संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको थियो।

फेला परेसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो। 

(लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले दिएको सूचनाका आधारमा यसअघि पवन संघाई पक्राउ परेको विवरण प्रकाशित भएकोमा सच्याइएको छ- सम्पादक)

प्रकाशित: १६ श्रावण २०७३ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App