प्रदेश ५

वाम तालमेलले सकस

मङ्गलबार, २४ असोज २०७४, ०७ : ४१ देवेन्द्र बस्नेत

दाङ- संविधानसभाको पहिलो निर्वाचनमा दाङमा विजयमाला पहिरिएर दोस्रो निर्वाचनमा रोल्पा उक्लिएका माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा निर्वाचनका लागि पुनः दाङ ओर्लिने मनस्थितिमा छन् । त्यो पनि आफ्नो पुरानै निर्वाचन क्षेत्र साबिकको ३ र अहिलेको २ नम्बर क्षेत्र । माओवादीले महराको नाम पहिलो नम्बरमै सिफारिस ग¥यो । महराको दाङबाट निर्वाचन लड्ने योजनाले एमाले नेता शंकर पोखरेलको सहज जित निकाल्ने आत्मविश्वासमा केही चुनौती थपियो । यस क्षेत्रमा पोखरेल उम्मेदवार बन्ने निश्चित भइसकेको थियो ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी नेता केन्द्रका कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेलबीच कडा प्रतिस्पर्धा त छ नै, तर निर्वाचनमा जितहारभन्दा पनि दुई पार्टीको तालमेलपछि अब टिकट कसले पाउने भन्ने बहस तातेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी नेता केन्द्रका कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेलबीच कडा प्रतिस्पर्धा त छ नै, तर निर्वाचनमा जितहारभन्दा पनि दुई पार्टीको तालमेलपछि अब टिकट कसले पाउने भन्ने बहस तातेको छ । दुवै पार्टीका नेताहरू भन्छन्, ‘हेरौं, पार्टीको माथिल्लो तप्काले कस्तो निर्णय लिन्छ ?’
उपप्रधानमन्त्री महराका लागि माओवादीले अहिलेको दुई नम्बर चुनावी क्षेत्र सबैभन्दा सुरक्षित मान्दै आएको छ । पहिलो संविधानसभा निर्वाचनमा सहज जित निकालेको परिणामलाई पुनः अहिले सहजै क्यास गर्न सक्ने माओवादी विश्वास हो । ‘महराजस्तो नेता दाङले पाउनु खुसीको कुरा हो,’ माओवादी नेता निर्मल आचार्यले नागरिकसंग भने, ‘उहाँका लागि जिल्लाका अरू क्षेत्रभन्दा पनि अहिलेको दुई नम्बर नै सबैभन्दा बढी उपयुक्त हो ।’
माओवादीले महराको दाङ आगमनलाई प्रादेशिक राजधानी बलियो बन्ने आधारका रूपमा समेत लिएको छ । यसर्थ दुई नम्बर क्षेत्रमै माओवादीको जोडबल बढी छ । महरा २०४८ सालमा जनमोर्चाबाट रोल्पा २ मा निर्वाचित भएका थिए । त्यसपछि २०६४ को पहिलो संविधानसभामा उनी दाङको तत्कालीन ३ नम्बर क्षेत्रबाट विजयी भए । दोस्रो संविधानसभा निर्वाचनमा उनले दाङ भन्दा रोल्पालाई आफ्नो बलियो आधार मानेर उक्लिए र रोल्पा १ नम्बर क्षेत्रबाट उनी विजयी भए ।
तर यसपाला रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र कायम गरिएपछि उनका लागि दाङ निर्विकल्पजस्तै बन्यो । किनकि रोल्पामा माओवादीकै अर्का नेता वर्षमान पुन प्रतिनिधिसभा उम्मेदवारका लागि तयार भएर बसिसकेका थिए । हुन त माओवादी रोल्पाले भने महराकै योजनामुताबिक वर्षमान रोल्पाबाट उम्मेदवार चुनिएको दाबी गर्छ । ‘रोल्पाबाट अहिलेसम्म चुनाव लड्न नपाएका वर्षमानजी अहिले रोल्पाबाट चुनाव लड्नुपर्छ भनेर सुझाव दिने मान्छे महराजी हो,’ माओवादी रोल्पाका इन्चार्ज दीपेन्द्र पुनले भने, ‘महराजीले रोल्पामा ठावैं नपाएर दाङ झरेको भनेर चलाइएको हल्ला निराधार हो ।’
वामगठबन्धनले महरालाई दाङको २ का लागि टिकट नदिए यहाँका बाँकी दुईवटा निर्वाचन क्षेत्र उनका लागि त्यति सहज मानिँदैनन् । यहाँको १ नम्बर चुनावी क्षेत्र देउखुरी क्षेत्र हो । जहाँ थारू मतदाता बढी छन् । थरुहट आन्दोलनको उद्गमथलोकै रूपमा रहेको देउखुरी क्षेत्रले माओवादी उम्मेदवारलाई कतिसम्म सहयोग गर्छ भन्ने चुनौतीको सहजै आकलन गर्न सकिन्छ । त्यसमा पनि थरुहट आन्दोलनका अगुवा  योगेन्द्र चौधरीको गृहथलो यस क्षेत्रमा उनी स्वयं चुनौती बन्न सक्ने देखिन्छ ।
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र पनि यही क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन् । ‘मलाई पार्टीले सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ,’ योगेन्द्रले भने, ‘हेरौं, पार्टीले कस्तो निर्णय लिन्छ ?’  
यसैगरी कांग्रेस नेता खुमबहादुर खड्काको निर्वाचन क्षेत्र पनि यही भएकाले महराको प्रभाव स्थापित हुन सक्ला या नसक्ला यसै भन्न सकिने अवस्था छैन ।
दाङको निर्वाचन क्षेत्र ३ नेपाली कांग्रेसको बलियो मानिन्छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, पूर्वसांसद गेहेन्द्र गिरी तथा हालका श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीको यो क्षेत्र पनि महराका लागि सहज छैन । पहिले निर्वाचन जितेको २ नम्बर चुनावी क्षेत्रलाई बलियो आधारका रूपमा देखेका महराका लागि वाम तालमेलले फुस्किने हो कि भन्ने चिन्ता माओवादी कित्तामा छ । महराले यसै कारण पनि वाम तालमेलप्रति असन्तुष्टि पोखेको हुन सक्ने आकलन गरिएको छ ।
महराले ताकेकै २ नम्बर निर्वाचन क्षेत्रलाई आफ्नो चुनावी क्षेत्र बन्ने विश्वासमा रहेका एमाले नेता शंकर पोख्रेल त यो निर्वाचन क्षेत्र नपाए अन्यत्रबाट चुनावै नलड्ने मनस्थितिमा पुगेको एमाले नेताहरू बताउँछन् । यही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका पूर्व सञ्चार मन्त्री तथा एमाले पूर्वसचिव पोख्रेल यसपटक पनि आफ्नो चुनावी क्षेत्रभन्दा कतै टाढा नजाने एमालेका एक नेताले बताए । ‘शंकर पोख्रेलजी यो चुनाव क्षेत्रभन्दा अन्त जानु हुन्न,’ एमाले दाङका सचिवालय सदस्य मनोहर बुढाथोकीले भने, ‘किनकि विगतदेखि नै उहाँ आफ्नो क्षेत्रभन्दा कतै बाहिर जानु भएन ।’ टिकट वितरणमा अन्यथा भए पोख्रेल चुनावै नलड्नेसम्मको मनस्थितिमा रहेको उनले बताए । ‘अन्यथा चुनावै लड्नु हुन्न होला, मलाई त्यस्तो लाग्छ,’ बुढाथोकीले भने ।
यी दुई नेताहरूको चुनावी टिकट रेसका कारण निर्वाचनमा एकले अर्कोलाई सहयोग गर्ने वातावरण निर्माण हुन्छ कि हुँदैन भन्ने बहस पनि सुरु भएको छ । केही दिनअघिको यहाँको एक कार्यक्रममा एमाले नेता पोख्रेलको भाषणलाई लिएर माओवादी कित्ताबाट असन्तुष्टिसमेत सार्वजनिक भएका थिए । विभिन्न आन्दोलनबाट विफल हुँदै आएको माओवादी अन्ततः एमालेमा समाहित हुन आइपुगेको अभिव्यक्ति पोख्रेलले दिएको भन्दै उनको आलोचनासमेत भएको थियो । पोख्रेलले त्यो आरोपको खण्डनसमेत गरेका थिए । ‘टिकट वितरणमा ख्याल गरिएन भने त्यसको असर निर्वाचनमा पक्कै पर्छ नै,’ एमालेका एक कार्यकर्ताले भने, ‘यसर्थ महराजीलाई अरू निर्वाचन क्षेत्रमा समाहित गरेर २ मा भने पोख्रेलजीको विकल्प खोजिनु हुन्न ।’ तर दोस्रो बरियताका नेता महराको उम्मेदवारी निश्चय हुने हो कि भन्ने शंकामा एमाले नेताहरू छन् ।
वाम तालमेलपछि रोल्पामा पनि हेभिवेट नेताहरूको उम्मेदवारीमा जटिलता थपिएको छ । रोल्पामा माओवादी नेता वर्षमान र एमालेका सचेतक गोकुल घर्ती आआफ्नो पार्टीबाट उम्मेदवार सिफारिस भइसकेका छन् । तथापि माओवादीको गढ रोल्पामा एमाले ब्याक हुन सक्ने देखिन्छ । तर यसका लागि दाङ २ मा शंकर पोख्रेलको उम्मेदवारी निश्चित हुनुपर्ने सर्त एमालेले राखेको छ । रोल्पाबाट उम्मेदवार सिफारिस भएका एमाले सचेतक घर्तीले रोल्पामा एमाले ब्याक हुन सक्ने तर दाङ २ मा एमाले निश्चित हुनुपर्ने बताए । ‘माओवादीको बलियो पकड पनि रहेकाले प्रतिनिधिसभाका लागि माओवादी र प्रदेशमा एमालेलाई मिलान गरेर जान सकिन्छ,’ उनले भने, ‘तर दाङ २ मा भने माओवादीले आफ्नो ढिपी छोड्नुपर्छ ।’
रुकुमका दुई (पूर्वी र पश्चिमी) जिल्लामा आआफ्नै उम्मेदवार चयन गरिसकेका एमाले–माओवादीले पनि उचित मिलान हुनुपर्ने अडानमा छन् । माओवादीले एक निर्वाचन क्षेत्रमा समेटिएको पश्चिम रुकुममा जनार्दन शर्मालाई उम्मेदवार सिफारिस गरेको छ भने पूर्वी रुकुममा गणेशमान पुनलाई सिफारिस गरेको छ । नन्दराम देवकोटालगायतलाई पश्चिमी रुकुमबाट सिफारिस गरेको एमालेले पूर्वी रुकुममा टोपबहादुर ओलीलाई सिफारिस गरेको छ । तर एमाले दुईवटै जिल्लामा एकपक्षीय निर्णय मान्य नहुने बताउँछ । ‘एकलौटी ढंगले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने कुरा हुँदैन,’ एमाले जिल्ला अध्यक्ष विमलकुमार पुनले भने, ‘हाम्रो पनि दाबी रहन्छ ।’








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad