८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंका एसएसपीलाई गौचन 'सुटर'को फोन कल

काठमाडौं—नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमा गौचनलाई गोली हानी हत्या गर्ने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरी जिम्मेवारी लिएका छन्। आफूलाई लोप्साङ लामा नाम बताउने व्यक्तिले एसएसपी थानुकलाई सोमबार साँझ फोन गरेको उनले नागरिकन्युजलाई बताए।

‘प्रइभेट नम्बरबाट सवा चारबजेतरि आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले फोन गरेर घटनाको आफूले गराएको दाबी गर्यो’, एसएसपी धानुकले नागरिकन्युजसँग भने, ‘मागेको पैसा नदिएकाले गोली हानेको उसको भनाइ थियो।’

‘गौचनको के हाल भयो चाल पाइस? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले नागरिकन्युजसँग भने।

गौचन हत्याको केही समयपछि अन्य व्यवसायीलाई पनि फोनबाट धम्की आएको छ। लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोनमार्फत् धम्की आएकाले उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइस? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले नागरिकन्युजसँग भने। काँग्रेस नेतासमेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।

सोमबारै रुपन्देहीका दुई व्यवसायीलाई समेत फोनबाट ज्यानको धम्की दिएको उजुरी प्रहरीमा परेको छ। प्रहरीकाअनुसार रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोनबाट ‘काठमाडौंमा के भयो चाल पाइस होला पैसा दिइनस् भने त्यही हालत बनाइदिन्छु’ भन्दै फोनबाट धम्की आएको थियो।

प्रहरीकाअनुसार धम्की आएका फोन नम्बरहरु कुनै पनि देखिएका थिइनन्। सबैमा प्राइभेट नम्बर देखिएको थियो। सुरक्षाको कारण टेलिकम सेवा प्रदायकहरुले विशिष्ट व्यक्तिहरुका फोन नम्बरहरु कल गर्दा नदेखिने र प्राइभेट देखाउने बनाइदिएका छन्। विदेशबाट आउने फोन कल प्राइभेट देखिनु सामान्य मानिन्छ। इन्टरनेटमार्फत् गुण्डा समूहले नम्बर नदेखिनेगरी फोन गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंमा हत्या थियो। नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो।

तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्योइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले काठमाडौंबाट बाहिर जाने नाकाहरुसमेत कडा चेकजाँच गरी हत्याराको खोजी गरिरहेको छ। 

पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन
प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो भएको गौचन हत्या घटना छानवीन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा विशेष व्युरोका एसएसपी शेरबहादुर बस्नेत, डिएसपी अजय केसी, अंगुर जिसी तथा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी सदस्य छन्।

प्रकाशित: २३ आश्विन २०७४ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App