coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लाइसेन्सविना अटो रिक्सा चलाउन नपाइने

सुर्खेत – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्रविना अटो रिक्सा चलाउने चालक र सवारीलाई पक्राउ गरेर कारवाही गरिने भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा बसेको बैठकले सवारी चालक अनुमतिपत्रविना अटो रिक्सा चलाउन नपाइने निर्णय गरेको हो । 

‘उच्च अदालत तुलसीपुर दाङले भदौ ३० गतेको गरेको निर्णय कार्यान्वयनका लागि सवारी चालक अनुमतिपत्र प्राप्त गरेका चालकहरुले अटो रिक्सा चलाउन पाउनेछन्,’ निर्णय भएको छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कवि सेन्चुरीले भने,‘लाइसेन्स विना चलाइरहेका चालक र सवारीलाई कारवाही प्रक्रिया सुरु गरेका छौं ।’ सुर्खेतमा साढे आठ सय अटा ेरिक्सा छन् । 

त्यस्तै अटो रिक्साले उपत्यकाबाहिर सवारी लिएर जान नपाउने भएका छन् । अटो रिक्साले पूर्वको सुब्बाकुना, पश्चिमको बाङ्गेसिमल र उत्तरको कपासेभन्दा बाहिर अटो रिक्सा चलाउन नपाउने भएका छन् । ‘तीनपांग्रे सवारीमा यात्रु कोचाकोच गरेर रुटपरिमिटभन्दा बाहिर रिर्जभमा जाने गरेको पाइएकाले त्यसमा रोक लगाउँदै अटो रिक्सा चलाउन पाउने निश्चित क्षेत्र निर्धारण गरेका हौं।’
 

प्रकाशित: २३ आश्विन २०७४ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App