८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा चन्द्रमणि नियुक्त

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा.चन्द्रमणि पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई चार वर्षका लागि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा नियुक्त गरेको हो । त्रिविका पूर्व रजिष्ट्रार पौडेल, हाल सोही विश्वविद्यालयमा तथ्याकशास्त्रका प्राध्यापकाको रुपमा कार्यरत छन् ।
पौडेलले उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्तिको निर्णय भएको जानकारी दिएकाले चाँडै कार्यभार सम्हाल्ने बताए । शिक्षा ऐन अन्तर्गत आठौँ संशोधन बमोजिम तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । 

प्रकाशित: २३ आश्विन २०७४ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App