coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा सरकारमा सहभागी हुने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुनिश्चित बनाउन सरकारमा सहभागी हुने भएको छ । पार्टीको साेमबार बसेको आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारमा देखिएको अन्योलताले चुनाव समयमा हुन नसक्ने हुँदा पार्टीले सरकारमा प्रतिनिधित्व गरेर भए पनि चुनावको वातावरण बनाउन अधिकांश नेताले सुझाएपछि सरकारमा जाने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष थापाले नेपाली काँग्रेसले सरकार र गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावका बारेमा जानकारी गराएका थियो । उक्त बैठकले वृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भई आगामी चुनावमा भाग लिने निर्णय गरेको छ । चुनाव परिचालनका लागि विभिन्न समिति गठन गर्ने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

 

प्रकाशित: २३ आश्विन २०७४ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App