coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष ढिलो हुने

काठमाडौँ - अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण सुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो ।

‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले झण्डै आठ महिना विमानस्थल निर्माणको काम अवरुद्ध भएको थियो । हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत रहेको छ । भौतिकतर्फ बाँकी ६७ प्रतिशत काम गर्ने अब जम्मा आठ महिनाको अवधि छ ।

निर्माण सामग्रीको सहजता भएमा अबको एक वर्षभित्र विमानस्थल निर्माणको मुख्य काम सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । 'विमानस्थल निर्माणका लागि अहिले आवश्यक १० लाख घनमिटर अर्थात् झण्डै ढेड लाख ट्रक माटो चाहिन्छ । चिनियाँ ठेकेदार कम्पनीको लापर्बाहीले विमानस्थल निर्माणमा ढिलाइ भएको भए पनि पछिल्लो समय सोही कम्पनीले प्रभावकारीरुपमा काम अघि बढाउन सकेकाे छैन्,'उनले भने,'चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले समस्या आएको हो, अहिले काम राम्रो भइरहेको छ कामको कार्यशैली हेरेर बरु केही महिना समयावधि बढाएर भए पनि यही कम्पनीलाई अघि बढाउने योजनामा छौँ”।'

विमानस्थल निर्माणको तीन किलोमिटर धावन मार्गमा ग्राभेल भइरहेको छ । माटो, ढुंगा र गिट्टीको सहजीकरण चुनौती बनेको आयोजनाको भनाइ छ । टर्मिनल भवनलगाय अन्य पूर्वाधारको काम धमाधम भइरहेको छ । ६ अर्ब २२ करोडमा विमानस्थल निमार्ण हुँदैछ ।

प्रकाशित: २३ आश्विन २०७४ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App