७ वैशाख २०८१ शुक्रबार
समाज

चाँदीका गहनासहित एक युवक पक्राउ

लहान - प्रहरीको गस्ती टोलीले साेमबार सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट मोती जडान भएको चाँदीको ब्रासलेट १३ थान, मोतीबिनाको चाँदीको ब्रासलेट छ थान, चाँदीको सिक्री २० थान, चाँदीको लक ८० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित: २३ आश्विन २०७४ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App