coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई लाख मूल्यकाे सामान बरामद

विराटनगर -  इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सीमावर्ती विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउन लागेका करिब  दुई लाख मूल्यबराबरको सामान बरामद गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, सुपारी र पाँच थान साइकलसमेत गरी अन्दाजी रु एक लाख ७१ हजार बराबरको सामान आइतबार राति बरामद गरेको जनाएको छ ।

बरामद सामानसहित प्रहरीले विराटनगर–१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिएको छ । सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिगएको प्रहरीको टोलीले साेमबार मोरङको धनपालथान गाउँपालिका–३ बाट अन्दाजी करिब चार हजार मूल्य बराबरको विभिन्न किसिमका भारतीय पटका बरामद गरेको छ । बरामद पटका जिप्रका मोरङमा राखी आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २३ आश्विन २०७४ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App