७ वैशाख २०८१ शुक्रबार
राजनीति

दोलखा एमालेमा नेता त्रयबीच रस्साकस्सी

दोलखा—प्रतिनिधि सभामाका लागि एक क्षेत्र रहेको दोलखामा एमाले जिल्ला कमिटीभित्र उम्मेदवार बन्न तीनजना नेताहरुबीच रस्साकस्सी छ। बहुदल यताका ५ मध्ये गत ७० सालको संविधान सभासहित चार निर्वाचन जितेको दोलखा एमालेभित्र आगामी प्रतिनिधि सभाको टिकट हत्याउन एक जना पोलिटब्युरो सदस्य, अर्का केन्द्रिय सदस्य र केपी ओली नेतृत्वको सरकारका पूर्व मन्त्री गरेर तीन शीर्ष नेताबीच रोचक प्रतिष्पर्धा छ। 

एमाले जिल्ला कमिटिको दुई दिनसम्म चलेको बैठकले आकांक्षीहरुबीच सहमती गराउन नसकेपछि नेतात्रयसहित ५ जनाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागी वर्णनुक्रम अनुसार लेखेर केन्द्रिय समितिमा पठाइएको छ।    

प्रतिनिधि सभाको टिकटका लागि जिल्ला कमिटिले पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं, केन्द्रीय सदस्य पार्वत गुरुङ र पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पार्टीका जिल्ला प्रचार बिभाग प्रमुख धर्मेन्द्र मोक्तान र दिव्यध्वज कार्कीको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ। चौलागार्इं २०७० को निर्वाचनमा समानुपातिक, गुरुङ दोलखा क्षेत्र नं १ र पोखरेल क्षेत्र नं २ बाट प्रत्यक्ष विजयी बनेका थिए। यस्तै मोक्तानले जिल्लामा रहेको जनघनत्वको हिसाबले तमाङ समुदायको जिल्लाभरि प्रभाव रहेको भन्दै टिकटमा दाबी गरेका छन्।

५ जनाको नाम सिफारिस भएपनि चौलागाई, गुरुङ र पोखरेल गरी तिन जना नेताबीच नै मुख्य प्रतिस्पर्धा छ। जिल्ला कमिटिका एक सदस्यकाअनुसार बैठकमा प्रतिनिधि सभा सदस्यका लागि तीनै जनाले पछि नहट्नै बताएपछि सबैको नाम केन्द्रमा पठाइएको थियो। उनीहरुले आफुहरु प्रतिनिधि सभाकै लागी दाबी रहेको र त्यस बाहेक समानुपातिक वा प्रदेशमा नझर्ने दाबी बैठकमा गरेका थिए। 

यस्तै कार्कीले आफुले भुमिगतकालदेखि नै पार्टीलाई सघाउँदै आएको भन्दै जिल्ला कमिटीमा उम्मेदवारी दाबी गरेका छन्। राष्ट्रिय बाणिज्य बैंकको कर्मचारीबाट निवृत्त बनेका उनी भूमिगत कालमा कम्युनिष्टहरुलाई सघाउने पुराना सहयोगीका रुपमा चिनिन्छन । 

५ जनाको नाम सिफारिस भएपनि चौलागाई, गुरुङ र पोखरेल गरी तिन जना नेताबीच नै मुख्य प्रतिस्पर्धा छ। जिल्ला कमिटिका एक सदस्यकाअनुसार बैठकमा प्रतिनिधि सभा सदस्यका लागि तीनै जनाले पछि नहट्नै बताएपछि सबैको नाम केन्द्रमा पठाइएको थियो। उनीहरुले आफुहरु प्रतिनिधि सभाकै लागी दाबी रहेको र त्यस बाहेक समानुपातिक वा प्रदेशमा नझर्ने दाबी बैठकमा गरेका थिए। 

जिल्ला कमिटिका अधिकांश नेता तथा कार्यकर्ताले टिकटका लागि तीनै नेता उतिकै प्रतिष्पर्धी देखेका छन्। कतिपयले पोलिटब्युरो सदस्य चौलागार्इंले टिकट ल्याउने लख काटेका छन्। पार्टी भित्रको माधव नेपाल समूहसँग निकट भएका कारण संघमा उनको टिकट निश्चित देख्नेहरु एकथरि छन्। दोलखाको टिकट टुङ्ग्याउदा ओली पक्षको हालीमुहाली भएमा उनलाई गाह्रो हुने आँकलन केही कार्यकर्ताको छ। ओली पक्षकै केही नेता कार्यकर्ताले भने उनलाई ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्न खोजेको पनि चर्चा छ। 

पूर्व मन्त्री पोखरेल उतिकै बलिया दाबेदार हुन्। केपी ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएर गरेको लोकप्रिय काम कारण उनले टिकट ल्याउनेमा जिल्लाका केही नेता कार्यकर्ताहरु ढुक्क देखिन्छन्। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँगको निकटाका कारण पनि उनले टिकट ल्याउने कतिपयको विश्लेषण छ। २०७० मा विवादकाबीच उम्मेदवार बनेको र संसदिय निर्वाचनहरुमा आफैँले मात्र टिकट लिएका कारण यसपाली उनले उम्मेदवारी नपाउने हुन् कि भन्नेहरु पनि छन्।

 केन्द्रीय सदस्य गुरुङसमेत प्रतिनिधि सभा उम्मेदवारका लागि दोलखाबाट पार्टी भित्र सशक्त दाबेदार हुन्। हाल केन्द्रिय सदस्य रहेका उनी दोलखाको पार्टी अध्यक्ष हुँदा अशोक राईहरु फुट्ने ताका भएको जनजाती आन्दोलनका बखत पार्टीलाई केन्द्रमा अफ्ठेरो परेको समयमा दिएको साथै अफ्ठेरो परिस्थितीमा पनि २०७० सालको निर्वाचन जिताएका कारण अध्यक्ष केपी ओली पक्षले गर्ने विश्वासले टिकट पाउनेमा उनी निकटहरु विश्वस्त छन्। अघिल्लो संविधान सभा निर्वाचनमा अफ्ठेरो परिस्थितबीच चुनाव ‘फेस’ गरेपनि स्थानिय तह निर्वाचनमा कम्युनिष्ट गढ मानिएको दोलखामा दुई तह हराउन भुमिका निर्वाह गरेको आरोप अन्य पक्षले उनीमाथि लगाएका कारण त्यसको असर टिकट प्राप्तिमा पर्ने केही कार्यकर्ताको बुझाइ छ। 

चौलागाईले प्रतिनिधि सभा टिकट पाएमा गुरुङ समानुपातिक र पोखरेल प्रदेश २ मा चुनाव लड्ने आँकलन कार्यकर्ताहरुले गरेपनि दुवैले भने सो कुरा ईन्कार गरेका छन्। दुई नम्बर प्रदेशमा पोखरेका लागि लड्न निकै चुनौती छ। केपी ओली निकट व्यवसायी बालकृष्ण शिवाकोटीलाई प्रदेशको टिकटका लागी बचन दिईसकेको र अघिल्लो निर्वाचनमा पार्टी भित्र टिकटका लागी आफ्ना प्रतिष्पर्धी पूर्व जिविस सभापति लालकुमार केसी लगायतले समेत आकांक्षा राखेका कारण पोखरेलले दुई नम्बरको टिकट नलिने उनी निकट कार्यकर्ताको दाबी छ। 

केन्द्रिय नेतृत्वले ३ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवारका रुपमा चौलागाईलाई अघि सारेमा पोखरेल वा गुरुङमध्ये एक जना प्रतिनिधि सभामा उठ्ने सम्भावना प्रवल छ। कार्यकर्ताहरुका अनुसार चौलागाई र गुरुङले बाम एकता अघिसम्म एक जना प्रतिनिधि सभा र अर्को प्रदेश सभामा उठ्ने गरी गठबन्धन गरेका थिए। केन्द्रले प्रतिनिधि सभामा जसलाई टिकट दिए पनि एक जनालाई समानुपातिकमा राख्ने र अर्कोले पार्टी संगठन चलाउने कारण तीनै शिर्ष नेताको ब्यबस्थापन हुने आशा कतिपय कार्यकर्ताको छ। 

क्षेत्र नम्बर १ मा शिव भण्डारी सहित ३ जनाको नाम सिफारिस भएपनि वाम तालमेलका कारण दोलखामा एउटा क्षेत्र माओवादीलाई दिनुपर्ने र माओवादी केन्द्र भित्र जिल्ला स्थित प्रभावशाली खड्का समुहको मोह यही क्षेत्रमा देखिएको र जिल्ला सह ईन्चार्ज बिशाल खड्कालाई यही क्षेत्रबाट उम्मेदवार घोषणा गरेका कारण यो क्षेत्र माओवादी केन्द्रलाई दिने तयारी जिल्ला नेतृत्वको छ। 

क्षेत्र नम्बर २ मा भने उद्योगपति बालकृष्ण शिवाकोटी, पूर्व जिविस सभापति लालकुमार केसी र जिल्ला नेता दिनेशराज शिवाकोटीको नाम सिफारिस भएको छ। समानुपातिकमा थुप्रैको नाम सिफारिस भएपनि पूर्व सभासद शान्ती पाख्रिनको सम्भावना थुप्रै कार्यकर्ताहरुले देखेका छन् । महिला साथै तामाङ समुदायको भएको र माओवादीबाट हत्या गरिएकी सहिद पत्नी समेत भएका कारण उनी पर्न सक्ने बिश्लेषण कार्यकर्ताको छ । 

प्रकाशित: २३ आश्विन २०७४ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App