सुदूरपश्चिममा यातायात व्यवसायीको बन्द

अनिश्चितकालिन सुदूरपश्चिम बन्दले सर्वसाधारणलाई सास्ती

शनिबार, १५ साउन २०७३, १८ : ०७ अरूण बम

डोटी– डौड–६ थापागाउँका कर्णबहादुर थापा औषधिका लागि धनगढी जान शनिबार बिहानै दिपायल पुगे। दिपायल पुग्दा उनी छाँगाबाट खसेजस्तै भए। ‘आज त गाडी बन्द छ, त्यो पनि अनिश्चितकालिन,’ उनलाई कसैले सुनायो।

उनका निधारबाट चिटचिट पसिना निस्कियो। अब के गर्ने ? उनलाई शनिबार जसरी पनि धनगढी पुग्नु थियो। खर्च पनि थोरै मात्रै बोकेका थिए। ‘डाक्टरले लेखिदिएको औषधि सकिसकेको छ। अरु ठाउँ पाईंदैन, धनगढी नै पुग्नुपर्छ,’ उनी दुखेसो पोख्दैथिए, ‘खर्च पनि धेरै बोकेको छैन। ठिक्क धनगढी पुग्न, औषधी किन्न र घर फर्किन मात्रै पुग्छ। यता बन्द रे। कतिदिनमा खुल्ने हो थाहा छैन।’ पिपल्ला बजारमा भेटिएका उनले साँझसम्म खुल्छ की भन्ने आशामा बसेको बताए।

शनिबार उनको जस्तै मनोदशामा तिखात्तर–६ स्यालपाखाका जुवान सिँह रावल (६७) पनि भेटिए। ‘छोरो बिरामी परेर औषधिका लागि सिम्ला(भारतको सिम्ला) को अस्पतालमा छ,’ दुःख प्रकट गर्दै उनले भने, ‘उ जाँदा थोरै पैसा लगेर गएको छ। लत्ताकपडा पनि छैन। थोरै घरमा भएको पैसा र कपडा लगेर जाउँ भनेर आए। यता त बन्द रैछ।’ दिपायल बसपार्कमा थन्क्याईएका सवारी साधनहरु 

उनीहरुजस्तै शनिबार दिपायलमा थुप्रै सर्वसाधारण यात्रुहरु अलपत्र थिए। सीमित खर्च बोकेर यात्रामा निस्किएकाहरु साँझ के गर्ने कहाँ बस्ने भन्ने अन्योलमा थिए। धेरैजनालाई त, बन्द कस्ले र किन ग¥यो भन्नेसम्म थाहा थिएन।

बस संचालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चिमका विभिन्न ८ वटा बस व्यवसायी समितिहरुले शनिबार सुदूरपश्चिमभर अनिश्चितकालिन यातायात सेवा बन्द गरेका हुन्। यो समाचार तयार पार्दासम्म बन्द खुलेको छैन।

भर्खरै दर्ता प्रक्रिया सकिएर धनगढीबाट शुक्र यातायात सेवा शुरु गर्न लागेको बडीमालिका यातायातको दर्ता प्रक्रिया नै अवैध भएको भन्दै शुक्रबार धनगढीका यातायात व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए। त्यसपछि प्रहरीले स्कर्टिङ्ग गरेर बस संचालन गराउने प्रयास गरेको थियो। त्यसमा पनि व्यवसायीहरुले अवरोधको प्रयास गरेपछि प्रहरीले अवरोधकारीमाथि लाठीचार्ज गरेको थियो।

प्रहरीको लाठीचार्जबाट केही यातायात मजदुर घाइतेसमेत भएपछि उनीहरु विरोधमा रहेका यातायात व्यसायीले बताउका छन्। सोही क्रममा प्रहरीले केही यातायात मजदुरहरु नियन्त्रणमा पनि लिएको थियो। जसमा टेक खड्का, पृथ्वी जोशी, राम थापा, यादव ऐर र चन्द्रप्रसाद मिश्रा रहेको प्रहरीले जनाएको छ।

यही बिषयलाई लिएर बडिमालिकाको अबैध दर्ता प्रक्रिया रोक्नुपर्ने, प्रहरीले नियन्त्रणमा लिएका मजदुरहरुलाई बिनाशर्त रिहा गर्नुपर्ने माग राख्दै यातायात व्यावसायीहरुले सुदूरपश्चिम भरी नै यातायात सेवा ठप्प पारेका छन्।यातायात सेवा ठप्प पारेपछि सुनसान भएको दिपायलको पिपल्ला बजार ।
 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad