७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपाले सरकारलाई समर्थन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । देउवासहित नेपाली कांग्रेस नेतासँग आइतबार भएको बैठकमा राप्रपाका नेताहरूले सरकारलाई समर्थनको पत्र लेख्न सहमत भएको हो ।
राप्रपाले सोमबार फेरि अर्को पत्र लेख्दै देउवा नेतृत्व सरकारलाई आफ्नो दलको समर्थन रहेको जानकारी गराउने तयारी गरेको निकट स्रोतको दाबी छ । एमाले र माओवादी केन्द्रबीच असोज १७ गते प्रदेश र केन्द्रको निर्वाचनमा तालमेलसहित पार्टी एकीकरण गर्ने घोषणापछि कांग्रेससँगको छलफलपछि राप्रपाले शुक्रबार सरकारलाई समर्थन गर्ने आश्वासन दिएका थियो ।
राप्रपाले प्रधानमन्त्री देउवाले आफ्नो दल विभाजन गर्न भूमिका खेलेको भन्दै साउन २४ गते सरकारलाई दिएको समर्थन फिता लिएको थियो । त्यसअघि साउन २२ गते राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर राणाले ६६ जना केन्द्रीय सदस्य र २२ सांसदको हस्ताक्षरसहित राप्रपाबाट अलग भएको घोषणा गर्दै राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाएका थिए ।  

 

प्रकाशित: २३ आश्विन २०७४ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App