८ वैशाख २०८१ शनिबार
राजनीति

फोरम लोकतान्त्रिक र कांग्रेस झडपमा २४ घाइते

रौतहट- रौतहटमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप हुँदा २४ जना घाइते भएका छन् । रौतहटकोे ईशनाथ नगरपालिका ५ जोकहा टोलमा आइतबार राति चुनावको विषयमा विवाद हुँदा कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा स्थानीय सलाउद्दिन खानकी ७ वर्षीया छोरी आयसा खातुनको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ ।
अन्य सबै घाइतेको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए । उनका अनुसार रातिको समय भएकाले झडपमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन ।

 

प्रकाशित: २३ आश्विन २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App