७ वैशाख २०८१ शुक्रबार
राजनीति

बालुवाटर पुगेर दाहालले भेटे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटर भेट्न पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले के सन्दर्भमा भेट्न खोज्नुभएको भन्दै प्रश्न गरेका छन्।

अध्यक्ष दाहालले ओलीको प्रश्नमा सहमतिको सरकार गठनको पहलको लागि भेट्न आएको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।  

त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारकाबारेमा माओवादी र सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भन्दै प्रश्न गरेका थिए? ओलीले त्यसमा थप्दै के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ?  भन्दै प्रश्न गरेका थिए।  नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमाले सँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै  आएको भन्दै ओलीले यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याउनु पर्ने दाहाललाई भनेका थिए।  

 अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफुले धर्म निर्वाह गर्न वार्तामा आएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

भेटवार्तामा माओबादी केन्द्रका अध्यक्ष दाहालले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुकासाथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रत्तमार्ग र चीनसँग भएका सहमति  र सम्झौता लगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएमा आफु र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कार्वाही र व्यबहार हेर्ने बताए।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैत्रमा गर्ने सहमति गरेर आफु र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न गरेका थिए। प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैत्रमा फेरिने र चैत्रमा नै निर्वाचन गर्ने कुरामा संगति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र भएकोमा आशंका व्यक्त गरेका थिए।

प्रकाशित: १५ श्रावण २०७३ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App