८ वैशाख २०८१ शनिबार
समाज

ब्राउनसुगरसहित चार पक्राउ

सुर्खेत-जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१ का २१ वर्षीय कृष्ण थापाको घरबाट १० ग्राम ३९० मिलिग्राम लागूऔषधसहित शनिबार चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर–१ का थापासहित वीरेन्द्रनगर–२ का २२ वर्षीय उमेश नेपाली, चौकुने गाउँपालिका–८ का २४ वर्षीय अमर राना र २२ वर्षीय टेकेन विसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए । पक्राउ परेकाहरुसँग अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २२ आश्विन २०७४ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App