८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सेनाको कारबाहीमा २४ बिद्रोही मारिए

बेरुत - उत्तरपश्चिमी सिरियाली एक सहरमा रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी शनिबार कम्तीमा पनि २४ जना विद्रोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका समाचारमा जनाइएको छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

शनिबार सो हवाई कारबाही अकस्मात भएको थियो । उक्त हवाई हमला किनभयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएका छैनन् । रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्यगरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ । सिरियामा जारी गृहयुद्धका कारण गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा भइरहेको छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् ।

 

प्रकाशित: २२ आश्विन २०७४ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App