coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ती चाड, ती उत्सव

यादव खरेल
नेपाली फिल्ममा चाडपर्व र उत्सवहरु मज्जैले रंगिएर आउँछन् किनभने त्यहाँ विविध रङहरु हुन्छन्, भाव हुन्छन् । नेपाली फिल्ममा धेरैभन्दा धेरै चाडपर्व देखिएको त तिहारकै हो किनभने त्यहाँ विविध रङहरु देखाउन सकिन्छ ।
कयौँ नेपाली सिनेमामा दसैँ रिफरेन्सका रुपमा आउँछ किनभने दसैँ भनेपछि मान्छे आउजाउका कुरा हुन्छन्, घरमा भेटघाटका कुरा हुन्छन्, बाउआमाका संवेदना र आशाका कुरा हुन्छन् । सिनेमाका तिहारमा पनि त्यस्ता कुरा आएका छन् तर दिदीभाइ, दाजुबहिनी संवेदनाका कुरामा अलि बढी मुखर भएका छन् ।
सिनेमामा दसैँभन्दा तिहारमा धेरै आएको छ किनभने तिहार नृत्यप्रधान हो । तिहारमा सबैलेदेउसी–भैलो गाउने भए, नृत्य र रमाइलो गर्ने भए । त्यहाँ सिदा र पैसाको कुरा पनि गाँसिने भयो ।

बालापनको दसैँ
तराईको राजबिराजदेखि २/३ किमि भित्र हाम्रो मौजा थियो । त्यहाँ दसैँतिहारको उति महङ्खव थिएन, हाम्रो बाल्यकालमा । पुस–माघमा मीनपचासको बिदा हुन्थ्यो । स्कुल बन्द हुनाले हामी तराईको घरमा गएर बस्थ्यौँ । तराईमा भने स्कुल खुला हुन्थे र दुई महिना म त्यहाँ पढथेँ । २०१०–१२ सालदेखि २०–२१ सालसम्म प्रायः यो क्रम चल्यो । राजबिराज जान पनि त्यो बेला हामीलाई तीन दिन लाग्थ्यो । त्यो पनि भारत भएर जानु पथ्र्यो ।
दसैँ मात्र होइन, अन्य चाडपर्व पनि पहाडमा नै मनाइन्थ्यो । खास गरेर दसैँ त पलाञ्चोकको खरेलथोकमा नै मनाइन्थ्यो । त्यसो हुँदा सबै संस्कार, मूल्य, मान्यता, चालचलन पहाडकै हुनु स्वाभाविक थियो । तराईमा दसैँ खासै मनाइँदैनथ्यो, हामीले मनाएनौँ । दसैँ भन्नेबित्तिकै मेची–महाकाली जो जहाँसुकै पुगेका भए पनि आइपुग्थे । अहिले त दसैं वा चाडपर्व भनेपछि घुम्न जाने हुन्छ, त्यस बेला घुमेका, बरालिएका सबै जम्मा हुने समय हुन्थ्यो ।
रेडियो सीमित मात्रामा थियो । समाचार आउने होइन, जो जो जहाँजहाँबाट त्यो नै समाचार बन्थ्यो । गाउँ चलायमान हुन्थ्यो । हामी बच्चाहरुका लागि पिङ हाल्ने, पिङ खेल्ने समय हुन्थ्यो । ठाउँठाउँमा बरपिपलका रुख हुन्थे । त्यहाँ बाबियोका डोरी बाटेर पिङ हालिन्थ्यो । बच्चाहरुको आकर्षण भनेकै पिङ हुन्थ्यो । पिङ त जताततै हुन्थे । यहाँको जस्तो बासको लिङ्गे पिङ हुदैनथ्यो । कतैकतै मात्र रोटे पिङ हुन्थ्यो । दसैँको बेलामा नयाँ लुगा सिलाउने र लगाउनेको भिड हुन्थ्यो ।वर्षमा दुई जोर लुगा यही बेला सिलाइन्थ्यो । सुचिकार (दमाई)लाई भ्याई–नभ्याई हुन्थ्यो । सुचिकारलाई लुगा सिलाउन लगाउँदा बाली दिने चलन थियो । यस समयमा सामान्य परिवारका मान्छेहरु पनि रामै्र देखिन्थे । दसैँमा सबैले मीठै खान्थे । दसैँका बेला ढिँडो कसैले खाँदैनथ्यो । घरैपिच्छेका श्रद्धालुमन्दिर जान्थे । देवीका मन्दिरमा भिडभाड हुन्थ्यो ।
दसैँका बेला नयाँ लुगा लगाएका छन्, पिङ खेलेका छन्,खसीबोका घर–घरमा हुन्थे । आर्थिक अवस्था कमजोर भएकाले पनि जोहो गरेर पालेका हुन्थे । घरघरमा खसी–बोका कराउँथे, रमाइलो हुन्थ्यो । अनि बिहानै चार बजेदेखि सबैको घरमा ढिकीमा धान, चिउरा कुटेको आवाज, कल्याङमल्याङ आउँथ्यो ।उसिनेका धान र चिउरा मिश्रितबास्ना  मगमगाउँथ्यो ।चिउरा कुट्नलाई अहिलेजस्तो मिल थिएन । अष्टमीदेखि खसी काटिन्थ्यो ।
विजय दशमीको दिन भने टीका लगाउनेको भिड हुन्थ्यो ।त्यो दिन प्रजा–प्राणी भनेजस्तो हाम्रामा काम गर्नेहरु टीका थाप्थे । हाम्रो घरमा तामाङ समुदायलगायतका मान्छे पर पर गाउँबाटटीका लगाउन आउँथे । आमा–बुबाले टपरी र दुनामा मासु, चिउरा खात लगाएर राख्नुहुन्थ्यो । नातेदार पर्ने मात्र होइन,गाउँका सबै मान्छेहरु ठूलाबडाकोमा टीका थाप्न जानेर आउने हुन्थे । टीका थाप्न आउनेले आफूकहाँ जे छ त्यही बोकेर आउँथे । कसैले बोडी बोकेर आउँथे,कोही केरा बोकेर आउँथे । जसकोमा जे छ त्यही कोसेली लिएर आउँथे ।
हाम्रो मावली थियो, गैह्रीगाउँमा ।हजुर बुबालाई म जिबा भन्थेँ, त्यहाँ गइन्थ्यो ।त्यहाँको आकर्षण कुरा भन्नु नै टीका लगाएर २/३ रुपैयाँपाइन्थ्यो । जिबाको हातबाट २/३ रुपैयाँको डलर पाइन्थ्यो । घरतिरका आफन्तकहाँ केटालाई पैसा दिइँदैनथ्यो । छोरी मान्छेहरुले मात्रै पाउँथे । त्यसैले जिबाले दिनुहुने भएकोले त्यहाँ जानु महङ्खवको थियो ।यतिखेर त्यो २/३ लाख रुपैयाँ हो ।
तराईको दसैँ फागू
दसैँ तराईमा कहिल्यै पनि मनाइएन ।दसैँ भन्नेबित्तिकै अनिवार्य रुपमा पहाडमै मनाइन्थ्यो । दसँैमा अरु ठाउँमामनाउने कुरै भएन । जहाँ भए पनि दसैँ मनाउन पहाडै आइपुग्नु पर्ने गज्जबको परम्परा थियो हाम्रो । वर्ष दिनमा जहाँ भए पनि थातथलो फर्कनै पथ्र्यो । तराईमा हामीले फागूमात्रमनायौँछाँै । त्यो पनि धूमधामका साथ ।

काठमाडौँको दसैँ
काठमाडौँको दसैं रमाइलो हुँदैनथ्यो । दसैँ भन्नेबित्तिक्कै काठमाडौँ खाली हुन्थ्यो । अहिले पनि दसैँमा काठमाडौँ लगभग खाली हुन्छ । नौरथा लागेदेखि बिदा हुन्थ्यो, पूर्णिमासम्मै ।अनि त्यस कारणसबै मान्छे यति लामो बिदा गाउँमा नै मनाउने सुरमा हुन्थे, अझै पनि हुन्छन् ।त्यो बेला यहाँको जनसंख्या कति नै थियो र ? जम्मा २/४ लाख त हो । यहाँ आएका बाहिरका मान्छेहरु गाउँ फर्केपछि त काठमाडौँ सुनसान हुने भइहाल्यो । पछि पो बाहिरका मान्छे आए ! जनसंख्या पनि ४०÷४५ लाख पुग्यो ।
दसैँ त गाउँकै रमाइलो
टाढाबाट मान्छेहरुगाउँ फर्केपछि कोही कबडी खेलेका छन् । जागिरेहरु गाउँ फर्किएका छन्, देशदेशावरका गफ गरेका छन् । चौतारी पूरै भरिएको छ ।चारैतिर गएका मान्छे घर फर्केपछि चारैतिरका कुरा सुन्न पाइन्थ्यो । कोही नजिकै पिङ खेलेर चचहुईं गरिरहेका छन् ।वास्तवमा चाडपर्व त गाउँमा नै रमाइलो !
जीवनशैली फेरियो
समय क्रममा जिउने शैली नै परिवर्तन आयो । यस्तो परिवर्तन आयो कि यहाँ, जुन ठाउँमा अहिले म उभिएको छु, मैले टीका लगाउने ५सयभन्दा बढी हुन्थे।अहिले अलिअलि गर्दै घटेर तीन सयजति भए । सय जना जतिलाई यहीँत्रिपालहालेर राख्थेँ । अहिले सगीसम्बन्धी घटेर २ सय पनि पुग–नपुग भइसक्यो । ठूला बडाबाट टीका लगाउने जुन आस्था थियो, त्यो सप्पै हटेर गइसक्यो । त्यो रिचुअलहरु हटेर गइसक्यो । नवदुर्गाको भगवती थानमा बलि चढाइसकेपछि जमरामा बलि चढाउनु पथ्र्यो, अनि अष्टमी नवमीमा २ दिन नै खसी काटिन्थ्यो । सबै मान्छे मासु खाने अपेक्षा गर्छन्, त्यसैले सबैलाई पु¥याउनु प¥यो नि !जमरा राख्ने चलन थियो । यही घरमा जमरा राख्न मान्छेहरु आउँथे ।अचेल त त्यो चलन पनि हटेर गइसक्यो ।
संस्कृतिमा हामी सम्पन्न
हाम्रो संस्कृति निकै सम्पन्न हो । यो संस्कृति नबच्ला भन्ने डर भइसक्यो । त्यसैले यो बचाउनु पर्छ । हाम्रो अस्तित्वलाई यसैले प्रतिनिधित्व गर्छ । हामी राष्ट्रका कुरा गर्छौं,पहिचानका कुरा गर्छौं,ती पहिचानका कुरा हाम्रो संस्कृतिका कुराहरुले झल्काउँछ ।त्यस्तै हाम्रा खानपान, चाडबाड, गरगहनाले पहिचान दिन्छ । त्यसो त पहिचानसँगै जीवनमा परिवर्तन आउँछ । आर्थिक स्थितिले पनि परिवर्तन आउँछ र बाहिरी कुराले पनि परिवर्तन ल्याउँछ । समयसँगै आउने परिवर्तनका कुरामा हामीले बुझेर मात्र लाग्नुपर्छ । चुरो कुरो बुझेर हामीहरुले जो धर्म छ, आस्था छ,भेषभूषा छ, त्यसलाई संरक्षण गर्नुपर्छ । जस्तो मगर,बाहुन, गुरुङ,राई, लिम्बूको भेषभुषा छ,त्यसले हाम्रो पहिचान दिलाउँछ । पहिला हामी त नेपाली हुनुपर्छ । नेपालभित्र सबैथोक अटाउँछ, अटाएको छ । म रुसी भएर चिनाएर हुन्छ त ? म नेपाली भनेर आफैँ निचिनिन्छ, यो मेरो पहिचान हो ।नेपालीको घर कस्तो हुन्छ भनेर चिनाउने हाम्रो पहिचान हो । जनावर रमान्छेमा यही फरक छ ।

पहिचान खोज्नुपर्छ
हामीले आफ्नो पहिचान त खोज्नुपर्छ । त्यसले नोक्सान हैन, फाइदा नै दिलाउँछ । तर पहिचान चाहिँ सांस्कृतिक रुपमा होइन, राजनीतिक रुपमा आयो ।

राजनीतिले विभाजन ल्याइदिएको छ, जबकि सांस्कृतिक रुपमा जोडिनुपर्ने हो ।एक समय थिचोमिचो थियो, त्यस कारण धेरै परम्परा र संस्कृतिहरु हराए । हराउने कुराहरुलाई सकेसम्म रोक्नुपर्छ, यो सरकारको दायित्व हो । समग्रमा जति बच्न सक्छ, त्यसको संरक्षण गर्नुपर्छ । नबाँचेका भाषा, संस्कृति आदि कुराहरु इतिहासमा भए पनि बाँच्नुपर्छ । त्यो कुरा कसैले पनि निमिट्यान्न पार्नु हुँदैन ।

भाषालाई राजनीतिकरण गर्नु हुँदैन ।नेपालमा रहेको अनेकतामा एकता चुडिँदै जानु भएन । भौगोलिक रुपले विखण्डन गर्यो भने हराउँछ । मान्छेको जे आस्था छ, त्यो जति जे छ संस्कृति र भाषाका रुपमा जोगाउनु पर्छ । विविधताको एकता भड्कन दिनु हुँदैन। तराईमा मनाइने तिहार र छठका कुराहरु, फागूका कुराहरु, माघीका चलनहरु मुखर हुनुपर्छ, मनाइनुपर्छ ।

छुवाछुत सबैभन्दा ठूलो अपराध
सबैभन्दा ठूलो कुरा, लोभमा पारेर चर्च बनाउने, धर्मान्तरण गराउने कुरामा गम्भीर हुनुपर्ने बेला आएको छ । गाउँगाउँमा गएर प्रलोभन बाँडिएको छ, धर्म परिवर्तन गरिएको छ । त्यस्ता कुराहरुमा हामी गम्भीर हुनै पर्छ ।
छुवाछुत भनेको हाम्रो समाजले गरेको सबैभन्दा ठूलो अपराध हो । दलित भनेर विभाजित गर्नु नै अपराध हो । हुन त म ज्ञाता होइन तर यो ‘ब्रह्म जनाती संग्रामी’ भन्छ अर्थात् ब्रह्म भनेको ज्ञानले हुने हो, कर्मले हुने हो । कर्मका हिसाबले विभाजन गरियो । मान्छे पनि कहीँ छुत अछुत भन्ने हुन्छ  ? त्यो सबैभन्दा ठूलो अपराध हो । यो त सब धर्मको अपव्याख्या हो । पुरेत्याइँले गरेको बदमासी र अपव्याख्या हो यो । ऐनकानुनले यस्ता अपराधलाई समाप्त गर्ने प्रयास गरेको छ तर यो अझै व्यवहारमा लागू हुन सकेको छैन ।
अब हामीले चलाउनुपर्ने सबभन्दा पहिलोछुवाछुतविरोधी हुनुपर्छ । एउटा कुरा त, आर्थिक रुपले सम्पन्न हुँदै गएपछि यो विभेद घट्दै जान्छ तर यसका लागि लामो समय लाग्छ । आर्थिक रुपमा सम्पन्न बनाउने क्रम लामो प्रक्रिया हो । सम्पन्न दलितहरु र क्षत्रीबाहुनबीच विवाह भएको छ । आर्थिक सम्पन्नताको ठाउँमा विभेद कम र गरिबीमा यो विभेद गहिरो छ ।
जहाँ धर्म परिवर्तन भएको छ, जहाँदलित वा आदिवासीहरु क्रिस्चियन  बनेका छन्, ती सबै विभेदका कारण बनेका हुन् । राष्ट्रको गल्ती वा पुण्डित र पुरेतहरुको गल्तीमाथि क्रिस्चियनहरुले खेलेका हुन् । तर धेरैले बुझ्नुपर्ने कुरा के छ भने क्रिस्चियनहरुमा पनि विभेद छ, छुवाछुत छ ।त्यो बुझुञ्जेल धेरै ढिला भइसकेको हुन्छ ।
तर सचेतहरु बुझ्नुपर्ने कुरा तपाईंले भरपेट चाड मनाउनु भएको छ, अरुले मान्न पाएको छ कि छैन भन्ने कहिल्यै सोच्न भ्याउनु भएको छ ? जब हामीले आफूबाहेक अरुका बारेमा पनि ख्याल गर्न सक्छौँ, अरु पनि समेटिएको चाड अझ बढी रमाइलो हुन्छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २२ आश्विन २०७४ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App