६ वैशाख २०८१ बिहीबार
समाज

बसको ठक्करबाट एकको मृत्यु

इटहरी- सडक दुर्घटनामा परी यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका ११ वर्षीय रुपक थापा क्षेत्री रहेको छ । 

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ३१८८ नंको यात्रुवाहक बसले शनिबार साँझ सोही दिशातर्फ जाँदै गरेको को८प ७४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने क्षेत्री गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारनले जनाएको छ । 

मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित: २२ आश्विन २०७४ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App