८ वैशाख २०८१ शनिबार
अर्थ

टेलिफोन खोज्दै डोल्पाबाट काठमाडौं

काठमाडौं- डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधिगाउँमा टेलिफोन सेवा पु¥याइमाग्न काठमाडौंआइपुगेकाछन् । से–फोक्सुन्डो गाउँपालिकाका वडा नं. ६ र ७का वडाअध्यक्ष सहितनागरिक समाजकाअगुवा टेलिफोन माग्नकाठमाडौं आएकाहुन् ।
चुनावको बेलाआफूहरुले घोषणापत्रमा समेटेको गाउँलेको मुख्य समस्यासुल्झाउनकाठमाडौं आएको से–फोक्सुन्डो गाउँपालिका, वडा नं. ७का वडाअध्यक्ष रामचन्द्र रोकायाले बताए ।उनको गाउँपालिकाकाहजार घरधुरी दूरसञ्चार सेवाबाट वञ्चित छन् । टेलिफोन माग्न यसअघि पनि काठमाडौं आएको उनले सुनाए ।
‘गाउँमा टेलिफोननहुँदाधेरै घटना भएका छन्,’ उनले भने, ‘तरपटकपटक धाउँदापनि केन्द्रमा बस्नेले वास्तै गरेनन् ।’ यसअघि सूचनातथासञ्चार मन्त्रालय र नेपाल टेलिकममादुईपटक ज्ञापनपत्र बुझाइसकेको उनीहरुले बताए । तर, यीनिकायले वास्तानगरेपछि उनीहरुले तेस्रोपल्ट शुक्रबार नेपाल टेलिकम र सञ्चार मन्त्रालयमाज्ञापनपत्र बुझाए । ‘गाउँमा नबिजुली छ न सञ्चार,’ वडाध्यक्ष रोकायाले सुनाए, ‘से–फोक्सुण्डो गाउँपालिकाकाहजारभन्दा बढी घरधुरी बेखबरजस्तै बस्नुपरेको छ ।’
उनले सबैतिर सञ्चारकोविकास भइसक्दापनि डोल्पालीहरु गाउँमा केही घटना वाकार्यक्रमहुँदा कटुवालबाट थाहा पाउन बाध्य भएको सुनाए । उनीसँगै ज्ञापनपत्र बुझाउनआएकानागरिक समाज डोल्पाकाअगुवाओम रोकाले शुक्रबार सञ्चार मन्त्रालय र टेलिकमापुग्दायहाँकाकर्मचारीले वास्तै नगरेको गुनासो गरे । ‘काठमाडौं आउनमात्रै दुईदिनसमय र ३० हजार रुपैयाँखर्च भएको छ,’ उनले भने, ‘तर सञ्चार मन्त्रालय र नेपाल टेलिकमकाअधिकारीले यो विषयलाई झिनो सम्झिए ।’
से–फोक्सुन्डो गाउँपालिका, वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र रोकायाले सदरमुकाममा समेत टेलिकमले कामगर्न छाडेको बताए । ‘सञ्चार सेवानहुँदागाउँमा लुटपाट, चोरीका साथै ज्यानमार्नेसम्मका घटना भएका छन्,’ उनले भने, ‘गाउँमा सञ्चार सेवानहुँदाप्रहरी पनि सदरमुकाममै सीमित छन् ।’
नरेन्द्रले सञ्चार सुविधानहुँदा ऐतिहासिक सम्पदाचोरी हुने गरेको बताए । ‘प्रहरीलाई खबर गर्ने माध्यमनहुँदायहाँका धेरै ऐतिहासिकमूर्तिचोरीएका छन्,’ उनले सुनाए, ‘फोन भए तुरुन्तप्रहरीलाई खबर गर्न सकिन्थ्यो ।’उनकाअनुसार गतवर्ष पनित्यहाँकाबहुमूल्यमूर्तिचोरिएकाथिए । चोरी गर्ने व्यक्ति देख्दापनिखबर गर्ने माध्यमनहुँदाकारबाहीगर्न नसकिएको स्थानीयको भनाइ छ ।
से–फोक्सुण्डो गाउँपालिकापुग्नडोल्पाको सदरमुकामदुनैबाट सातदिनलाग्छ । जिल्लामा सडक नभएकोले स्थानीयअझै पनि हिँडेर र खच्चड चढेर सदरमुकामआवतजावत गर्छन् । अग्ला अग्ला हिमाल र उच्च पहाडी क्षेत्रमा रहेको डोल्पामा नेपाल टेलिकमले स्याटलाइट बाहेकको सेवा विस्तार गर्न सकेको छैन । कुनै प्रकारको टेलिफोन सेवा नहुँदा डोल्पाका तीन गाउँपालिका बेखबर जस्तै छन् ।  
माथिल्लो डोल्पामा पर्ने यस गाउँपालिकामाकरिब हजार घरधुरी बसोबास गर्ने ७कावडाध्यक्ष रामचन्द्रलेबताए । ‘से–फोक्सुण्डो पर्यटकीय क्षेत्र हो तर यहाँ टेलिकमनहुँदानिकै समस्या परेको छ,’ उनले भने, ‘टेलिकमले कामनगर्दा फोक्सुण्डो र रारा तालघुम्न आएका कैयौं पर्यटन लुटिने र हराउने गरेका छन् ।’उनकाअनुसार विकट र दुर्गम क्षेत्र भएपनि डोल्पा घुम्न आउने पर्यटकको संख्या बढ्दो छ ।
‘सबैभन्दाधनी संस्थामानिने नेपाल टेलिकमले दूरदराजमासेवा पु¥याएको भन्छ तर डोल्पाकातीनहजार घरधुरी टेलिकमको पहुँचबाट बिमुख छन्,’ समाजकाअगुवा रोकाले भने ।
ज्ञापनपत्र बुझाउने क्रममाउनीहरुले जतिसक्दो छिटो गाउँलाई सञ्चार सेवा पु¥याउनटेलिकमकाकर्मचारीसँगअनुरोध गरेकाथिए । टेलिकमकीप्रवक्ताप्रतिभा वैद्यले यो समस्या छिटै समाधानहुने आश्वासनदिइन् । उनले देशका धेरै जिल्लाकाकुनाकाप्चामा नेपाल टेलिकमको सेवापुग्ननसकेको बताइन् । ‘हामीले विकट क्षेत्रमा सञ्चार सेवा क्रमबद्ध रुपमाविस्तार गर्दै आएका छौं,’ उनले भनिन्,‘डोल्पापनि विकट र ग्रामीण क्षेत्र भएकोले त्यहाँ टेलिकमविस्तार गर्न सजिलो छैन ।’
वैद्यले डोल्पामास्याटेलाइटको माध्यमबाट सञ्चार सेवा पु¥याएको बताइन् । ‘स्याटलाइट अति नै महँगो पर्छ,’ उनले भनिन्, ‘दुर्गम क्षेत्रमा सकेसम्म सहज सञ्चार सेवाविस्तार गर्ने लक्ष्य राखेका छौं ।’ उनले डोल्पाको ग्रामीण इलाकामा टेलिकम टावर राख्नसर्वेक्षण गर्नुपर्ने बताइन् । ‘टेलिकम सेवाबाट वञ्चितभएका क्षेत्रमा सेवाविस्तारको लागि योजना अघि सारेका छौं,’ प्रवक्ता वैद्यले सुनाइन्, ‘त्यसको लागिअध्ययनपनिथालेका छौं । यो वर्षभित्र डोल्पाकातीनगाउँपालिकामा टावर जडान गरी सेवाविस्तार गर्छौंै ।’
त्यस्तै, डोल्पाकै डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङस्योङ गाउँपालिकापनि सञ्चार सेवाबाट वञ्चितभएको समाजकाअगुवा रोकाले बताए । गाउँपालिकाबनेपछि त टेलिकम सेवाविस्तार हुन्छ भन्ने आस थियो तर गाउँको अवस्था उस्तै छ । उनकाअनुसार यीगाउँपालिका १०वर्षपहिले ‘भिस्याट’ ले सञ्चार सेवा सुरु गरेको थियो तर अहिले यो सेवा अवरुद्ध भएको धेरै समय भइसकेको छ ।
‘सदरमुकाम क्षेत्रमा भिस्याटले कहिलेकहीँमात्रै काम गर्छ,’ उनले भने, ‘नेपाल टेलिकमले दुइटा भएनिटावर राखिदिने हो भने हामीलाई ठूलो राहतहुनेथियो ।’ गाउँमा टेलिफोन सेवानहुँदाजिल्लामाकार्यालयकाकामकाजमा समेत अप्ठेरो पर्ने गरेको जनप्रतिनिधिले बताए । उनीहरुले सरकारले जिल्लामा जडान सामग्री र प्राविधिक पठाइदिए अन्यकाम आफूहरुबाट हुने बताए ।

प्रकाशित: २२ आश्विन २०७४ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App